फरक क्षमताकी महिलालाई बलात्कार आरोपमा पक्राउ परे रास्वपाका पालिका सभापति « Khabarhub

फरक क्षमताकी महिलालाई बलात्कार आरोपमा पक्राउ परे रास्वपाका पालिका सभापति


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना गाउँपालिका सभापति फरक क्षमताकी महिलालाई बलात्कार आरोपमा पक्राउ परेका छन् ।

जिल्लाको लिखुपिके गाउँपालिका वडा नं. २ पोखरी निवासी ४५ वर्षीय रामचन्द्र बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

फरक क्षमता भएकी एकजना महिलालालाई बलात्कार गरेको अभियोगमा प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

२०८१ साउन ४ गते दिउँसो ५ बजे, फरक क्षमताकी एक महिलालाई बलात्कार गरी फरार रहेका बस्नेतलाई सोमबार दिउँसो काठमाडौं महानगरपालिका-१६ स्थित बनस्थलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी विकास राईले बताए ।

गत वर्ष साउनमा भएको उक्त घटनापछि फरार बस्नेतलाई पक्राउ गरी बुधबार जिल्ला अदालत सोलुखुम्बुबाट सात दिनको म्याद लिइएको राईले बताए ।

प्रहरीले अनुसन्धानका क्रममा बस्नेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लिखुपिके गाउँपालिकाका सभापतिसमेत रहेको खुल्न आएको जानकारी दिएको छ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ६ : ३९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल