रास्वपाबाट रुपन्देही–३ मा उम्मेदवार बन्न नौ जनाले दिए आवेदन  « Khabarhub

रास्वपाबाट रुपन्देही–३ मा उम्मेदवार बन्न नौ जनाले दिए आवेदन 


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार हुन नौ जनाले आवेदन दिएका छन् ।  

उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकहरूलाई साउन ७ देखि २१ गतेसम्म रास्वपाको मोबाइल एपमार्फत आवेदन दिन सक्ने व्यवस्था गरेकोमा ९ जनाले आवेदन दिएको रास्वपाले जनाएको छ । 

रास्वपाले  निवेदन दिएकाहरूको नामावली बिहीबार नै प्रकाशित गरेको छ । उम्मेदवारी उपर दाबी विरोधका लागि साउन २३ र २४ का लागि छुट्टाइएको भने साउन २५ गते उम्मेदवारका लागि निवेदन दिनेहरूसँग छलफल राखिएको रास्वपा सहमहामन्त्री विपिन आचार्यले जानकारी दिए ।  

साउन २६ मा प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन, साउन २७ देखि भाद्र ११ सम्म लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटि र समावेशिताको मापन गरिने उनले बताए । 

रास्वपाले रुपन्देही–३ को उम्मेदवारका लागि प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छनोट गर्ने विधि बनाएको छ । त्यसका लागि भाद्र १२ र १३ का लागि समय छुट्टाइएको आचार्यले बताए  । 

उम्मेदवार अन्तिम चयन १५ भदौमा गर्ने उनको भनाइ छ । निर्वाचन आयोगले रुपन्देही–३ मा कात्तिक १७ गते का लागि उपनिर्वाचनको समय तोकेको छ । 

राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो  । 

सूचीसहितको भिडियो हेर्नुहोस् :

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  १ : ०४ बजे

लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्गसको

शिवं सिमेन्टले साँढे १२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं– शिवं सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक साधारण

विदेशी नागरिक र कालोसूचीकालाई उडाउनेसहित यी विषयमा अनुसन्धान गरिरहेको छ अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग सम्बन्धित व्यक्तिहरूमाथि

नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस

काठमाडौं– नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसका