राजनैतिक पूर्वाग्रहबाट सञ्चारमाध्यम उपयोग हुनु दुखद् : मुख्यमन्त्री पौडेल | Khabarhub Khabarhub

राजनैतिक पूर्वाग्रहबाट सञ्चारमाध्यम उपयोग हुनु दुखद् : मुख्यमन्त्री पौडेल


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सञ्चारमाध्यमले मुलुकको स्वतन्त्रता, प्रजातन्त्रको सुदृढीकरण र जनताको आर्थिक समृद्धिका लागि सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

मुख्यमन्त्री पौडेलले बडादशैँको उपलक्ष्यमा प्रदेश नं ३ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयद्वारा आयोजित कार्यक्रममा सरकारको स्वस्थ आलोचना गर्नुभन्दा राजनैतिक पूर्वाग्रहबाट सञ्चारमाध्यमहरु अहिले उपयोग भइरहेकामा चिन्ता व्यक्त गरे ।

मुख्यमन्त्री पौडेलले स्रोतलाई सत्य, वस्तुगत र सामाजिक मर्यादालाई उपेक्षा नहुने गरी सम्प्रेषण गर्न तथा आफ्नो जिम्मेवारी बोध गर्न पत्रकारलाई आग्रह गरे ।

जिल्ला समन्वय परिषद् मकवानपुरद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले स्थानीय तहलाई सबल र पारदर्शीका साथ आफ्नो अधिकारलाई सदुपयोग गर्न आवश्यक ऐन कानून तर्जुमा गरी स्थानीय तहलाई अधिकार प्रत्यायोजित गरिसकेको जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ७ : ५१ बजे

बाटो मर्मत तथा पुनर्निर्माणमा जापानले सहयोग गर्ने 

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो

ज्येष्ठ नागरिकसँग मदन आश्रित दिवस

काठमाडौं – २३ औं मदन आश्रित स्मृति दिवसका अवसरमा सुनसरीस्थित

मदन भण्डारी हत्या प्रकरणका अपराधीलाई नाङ्गेझार पार्नुपर्छ : माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मदन भण्डारी

मदन भण्डारी अस्पताल उर्लाबारी : ड्युटी समयमा मापसे गर्ने दुई कर्मचारी निलम्बन

मोरङ – उर्लाबारी मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा

वीरगंजमा जसपा नेपालको खबरदारी सभा, परिसंघद्वारा संघर्षका कार्यक्रम सार्वजनिक

वीरगंज– जनता समाजवादी पार्टी नेपालले हालै गठन गरेको केन्द्रीय परिसंघले