राजनैतिक पूर्वाग्रहबाट सञ्चारमाध्यम उपयोग हुनु दुखद् : मुख्यमन्त्री पौडेल « Khabarhub

राजनैतिक पूर्वाग्रहबाट सञ्चारमाध्यम उपयोग हुनु दुखद् : मुख्यमन्त्री पौडेल


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सञ्चारमाध्यमले मुलुकको स्वतन्त्रता, प्रजातन्त्रको सुदृढीकरण र जनताको आर्थिक समृद्धिका लागि सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

मुख्यमन्त्री पौडेलले बडादशैँको उपलक्ष्यमा प्रदेश नं ३ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयद्वारा आयोजित कार्यक्रममा सरकारको स्वस्थ आलोचना गर्नुभन्दा राजनैतिक पूर्वाग्रहबाट सञ्चारमाध्यमहरु अहिले उपयोग भइरहेकामा चिन्ता व्यक्त गरे ।

मुख्यमन्त्री पौडेलले स्रोतलाई सत्य, वस्तुगत र सामाजिक मर्यादालाई उपेक्षा नहुने गरी सम्प्रेषण गर्न तथा आफ्नो जिम्मेवारी बोध गर्न पत्रकारलाई आग्रह गरे ।

जिल्ला समन्वय परिषद् मकवानपुरद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले स्थानीय तहलाई सबल र पारदर्शीका साथ आफ्नो अधिकारलाई सदुपयोग गर्न आवश्यक ऐन कानून तर्जुमा गरी स्थानीय तहलाई अधिकार प्रत्यायोजित गरिसकेको जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ७ : ५१ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर