ठुला ठेक्का भदौभित्र लगाउन कर्णाली प्रदेश सरकारको निर्देशन | Khabarhub Khabarhub

ठुला ठेक्का भदौभित्र लगाउन कर्णाली प्रदेश सरकारको निर्देशन


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले ठुला तथा बहुवर्षिय आयोजनाको ठेक्का भदौ महिना मित्र नै लगाउन निर्देशन दिएको छ । कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आर्थिक वर्ष २०८२/८३ बजेट कार्यान्वयनका लागि १३ बुँदे निर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो । 

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतका एक करोडभन्दा माथिका आयोजना र अन्य मन्त्रालयका पचास लाखभन्दा माथिका आयोजनाको भदौ मसान्तभित्र बोलपत्रको सूचना आह्वान गर्न र  समपूरक र विशेष अनुदानबाट सञ्चालित हुने आयोजनाहरूको बोलपत्रको सूचना साउन मसान्तभित्र आह्वान गर्न निर्देशन दिएको छ ।

आयोजनाको छनोट तथा प्रस्ताव सम्बन्धी कार्यविधि, २०८१ को दफा ५ को उपदफा ९१० मा सडक र भवन पूर्वाधारतर्फका आयोजनाका हकमा तीस लाख र सो बाहेक अन्य आयोजनाको हकमा १५ लाखभन्दा कम लागत भएका आयोजना प्रदेश सरकारबाट कार्यान्वयन नगर्न र आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट कार्यान्वयन गर्दा बहुवर्षीय र स्रोत सुनिश्चितता गर्नुपर्ने आयोजना भए साउन मसान्तभित्र त्यस्ता आयोजनाको विवरण कर्णाली प्रदेश योजना आयोगमा पठाउन निर्देशन दिएको छ ।

विगतमा ठेक्का भई हाल कार्यान्वयनमा रहेका आयोजनाको कार्यक्रम साउनबाट नै गर्ने गरी कार्यान्वयनमा लैजाने र मन्त्रालयले रकम बाँडफाँट नगरी अवण्डामा बजेट राख्न नहुने कानूनी व्यवस्था एवम् नियमनकारी निकायको निर्देशन समेतलाई ध्यानमा राखी कुनै मन्त्रालयमा अवण्डामा रकम रहेको भए भदौ मसान्तसम्म आवश्यक प्रक्रिया पूरा गरी कार्यान्वयनमा लैजान निर्देशन दिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ४ : ४१ बजे

निर्वाचन आयोगमा एमालेले भन्यो- जनादेशमा जान तयार छौँ, सरकार चुनाव गराउने बाटोमा छैन

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई

तिहारका लागि झिलिमिली बत्तीको व्यापार सुरु (तस्बिरहरू)

काठमाडौं– तिहार नजिकिएसँगै राजधानीको महाबौद्ध, बाङ्गेमूढा क्षेत्रमा झिलिमिली बत्तीहरू व्यापार

आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न

बलेवा विमानस्थल सञ्चालन नहुँदा स्थानीयवासी निरास

पर्वत– पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको बलेवा विमानस्थल बन्द भएको

डिना उपाध्यायलाई प्रश्न : मंसिरमा महाधिवेशन गरेर फागुनको संसदीय चुनावमा जान कांग्रेस तयार हो ?

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक