‘नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को घोषणा, पाँच हजारभन्दा बढी विद्यालयको सहभागिता हुने « Khabarhub

‘नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को घोषणा, पाँच हजारभन्दा बढी विद्यालयको सहभागिता हुने


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको शैक्षिक इतिहासमा नयाँ अध्यायको सुरुआत गर्न लक्ष्यसहित ‘नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को औपचारिक घोषणा गरिएको छ।

नेपालया इन्टरनेसनल इभेन्ट्स प्रा.लि. को आयोजनामा तथा नेसनल नस्कुल स्पोर्ट फेडरेस र निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) सहकार्यमा प्रतियोगिता सञ्चालन गरिने भएको हो।

आयोजकले यस च्याम्पियनसिपलाई केवल एक प्रतियोगिता नभई देशभरका विद्यार्थीको ज्ञान, आत्मविश्वास र सृजनशीलता अभिवृद्धि गर्ने शैक्षिक अभियानको रूपमा अघि बढाइने बताएका छन्।

यसअघि सञ्चालन भएका अन्य क्विज प्रतियोगिताभन्दा फरक शैली र संरचनामा आयोजना गरिने बताइएको यो च्याम्पियनसिप तीन चरणमा सम्पन्न हुनेछ। सुरुमा जिल्ला स्तरमा प्रतिस्पर्धा गरिनेछ, जसमा देशभरका ७७ वटै जिल्लाका विद्यालयहरू सहभागी हुनेछन्।

भदौ २० गतेबाट सुरु हुने जिल्ला स्तरीय प्रतिस्पर्धामा पाँच हजारभन्दा बढी विद्यालयको सहभागिता रहने अपेक्षा गरिएको छ। त्यहाँबाट छानिएका टोलीले प्रदेश स्तरमा प्रतिस्पर्धा गर्नेछन् भने अन्ततः संघीय राजधानी काठमाडौँमा मंसिर ५ देखि ७ गतेसम्म ग्रान्ड फिनाले हुनेछ।

प्रतियोगितामा सामुदायिक र निजी दुवै प्रकारका विद्यालयहरूलाई समावेश गरी शहरी तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई समान अवसर दिइने आयोजकको भनाइ छ। ग्रान्ड फिनालेसम्म पुग्ने सहभागीहरूलाई छात्रवृत्तिसहित विभिन्न शैक्षिक अवसरहरू पनि प्रदान गरिनेछ।

विजेता टोलीलाई स्कुटर र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ भने उपविजेताले ल्यापटप र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। तेस्रो स्थान हासिल गर्ने टोलीलाई मोबाइल फोनसहित गिफ्ट ह्याम्पर दिइनेछ । 

त्यसैगरी, अन्तिम स्पर्धामा पुग्ने सबै टोलीहरूलाई प्रमाणपत्र, ट्रफी, मेडल र सम्मान–पत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट क्विज मास्टर, आयोजक जिल्ला तथा प्रतिभाशाली विद्यार्थीहरूलाई विशेष सम्मान प्रदान गरिने जनाइएको छ।

प्रतियोगितालाई टेलिभिजन कार्यक्रमको रूपमा समेत प्रस्तुत गरिने आयोजकले जानकारी दिएका छन्। प्रदेश तथा राष्ट्रिय चरणका केही प्रतिस्पर्धा टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत प्रसारण गरिने भएकाले यो प्रतियोगिता लाखौँ दर्शकहरूमाझ पुर्‍याइनेछ । 

आयोजकले यस च्याम्पियनसिपलाई विद्यार्थीकै लागि राष्ट्रिय पहिचानको गैर–खेलकुद प्लेटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य लिएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ६ : ४५ बजे

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा