चुरे क्षेत्र संरक्षण गर्न तीनै तहका सरकारबीच सहकार्य आवश्यक : कार्यवाहक प्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

चुरे क्षेत्र संरक्षण गर्न तीनै तहका सरकारबीच सहकार्य आवश्यक : कार्यवाहक प्रधानमन्त्री सिंह


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिरहा– कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे क्षेत्रको संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि तीनै तहको सरकार र स्थानीयबीच सहकार्य आवश्यक रहेको बताएका छन् । 

लहानमा निर्माण सम्पन्न भएको नयाँ व्यापारिक भवनको बिहीबार एक समारोहबीच उद्‌घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले चुरेको दीर्घकालीन संरक्षणले मधेसमा देखिएको वातावरणीय समस्या समाधान हुने उल्लेख गरे । 

‘नेपालको अर्थतन्त्रलाई अघि बढाउने क्रममा सहरी विकास तथा भवन निर्माण विभागले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दछु’ उनले भने। भवन निर्माण समयमै सम्पन्न गरेकामा प्रशंसा गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले यसले आयोजना समयमै सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको उल्लेख गरे । भवनको सही व्यवस्थापन र उपयोग गरिनुपर्नेमा उनले जोड दिए ।  

कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जिल्लाको कृषि क्षेत्रको विकासका लागि कमला नदी र कोशी नदीबाट पानी ल्याई सिँचाइ आयोजना निर्माण गर्न आवश्यक रहेको बताए। किसानलाई आवश्यक मलखाद सहज रुपमा उपलब्ध गराउन उनले सरकारसँग माग गरे ।

लहानका नगरप्रमुख महेशप्रसाद चौधरीले लहानलाई वीरगञ्ज र जनकपुरपछिको तेस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा चिनाउँदै, सुविधा सम्पन्न भवनले नगरको आर्थिक गतिविधि अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

सघन सहरी तथा भवन निर्माण आयोजनाका आयोजना प्रमुख सुरेन्द्रकुमार साहका अनुसार सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीअन्तर्गत लहान–६ र ७ मा ३१ करोड ८८ लाखको लागतमा उक्त बहुउद्देश्यीय भवन निर्माण गरिएको हो । सो भवन लहान नगरपालिकालाई हस्तान्तरण गरिएको छ । 
 

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ६ : ५६ बजे

झलनाथ भन्छन्- अध्यक्षले एकोहोरो प्रवचन दिनु भयो, समस्यामा प्रवेश नै गर्नु भएन

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानि नेता

पाल्पामा भगवती रथजात्राको तयारी गरिँदै

तानसेन– नेपाल-अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा गरिने ऐतिहासिक भगवती

सिटिजन्स बैंकको नाफा २ प्रतिशतले घट्यो 

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को

गण्डक नहरमा अतिक्रमण हुँदा किसान समस्यामा

वीरगञ्ज– बाराको फेटाबजार नजिकै गण्डक नहर किनारमा अतिक्रमण हुँदा रौतहटका किसान

टेकुनालामा पिकअप दुर्घटना हुँदा २१ जना घाइते

धनकुटा– धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटना हुँदा २१ जना