राष्ट्रिय गौरवका आयोजनामा २० अर्ब बाँडफाँट « Khabarhub

राष्ट्रिय गौरवका आयोजनामा २० अर्ब बाँडफाँट


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनहितका लागि निर्माण गरिने राष्ट्रिय गौरवका आयोजना लगायत शिक्षा स्वास्थ्य, कृषि र नयाँ औद्योगिक क्षेत्रको विस्तार गरी जनतालाई रोजगारीतर्फ उन्मुख गराउने सरकारको मूल लक्ष्य रहेको जनाएका छन् ।

जिल्ला समन्वय परिषद् मकवानपुरद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले स्थानीय तहलाई सबल र पारदर्शीका साथ आफ्नो अधिकारलाई सदुपयोग गर्न आवश्यक ऐन कानून तर्जुमा गरी स्थानीय तहलाई अधिकार प्रत्यायोजित गरिसकेको जानकारी दिए ।

उनले प्रदेश सरकारले आफ्नो नीति कार्यक्रमअनुसार प्रदेशका १३ जिल्लामा राष्ट्रिय गौरवको आयोजना र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन चालू आवको प्रथम चौमासिकभित्र करीब रु २० अर्बको अनुदानको बाँडफाँट गरिएको पनि स्पष्ट पारे ।

जिल्ला समन्वय परिषद् मकवानपुरका प्रमखु रघुनाथ खुलालले जिल्लाको आठ गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भौतिक विकासको पूर्वाधारलाई आधुनिक प्रविधिबाट निर्माण कार्य सम्पन्न गर्न स्थानीय निकायका जनप्रतिनिधिहरु दैनिक क्रियाशील रहेको बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ८ : ५९ बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन