पोखरा क्षेत्रका तालको सरसफाइ एवं रोजगारी सिर्जनासम्बन्धी समझदारी « Khabarhub

पोखरा क्षेत्रका तालको सरसफाइ एवं रोजगारी सिर्जनासम्बन्धी समझदारी


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउण्डेशन (लक्ष्मी ग्रुप) बीच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर क्षेष्ठले एक समारोहका बीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।        

तालको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योग र स्थानीय समुदायको आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिम र रोजगारीका अवसर सिर्जनामा योगदान गर्ने गरी परियोजना सञ्चालन गर्न लागिएको महानगर प्रमुख आचार्यले बताए। 

समझदारी पत्रमा गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीलाई इन्टर्नसिप र व्यावसायिक प्रशिक्षण प्रदान गरी रोजगार र उद्यमशीलतातर्फ आकर्षित गर्ने, पोखरा महानगरपालिकामा रहेका विपन्न  परिवारलाई इन्डक्सन चुलो वितरण र विद्युतीय पूर्वाधार सुधारमा सहयोग गरिने उल्लेख छ । 

लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठले महानगर क्षेत्रमा रहेका तालको सरसफाइ र जलकुम्भीलगायत झारको व्यवस्थापन, जलकुम्भीबाट हस्तकला उत्पादन र सीप विकास, गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीका लागि इन्टर्नसिप र प्रशिक्षण, विपन्न घरपरिवारलाई इन्डक्सन चुलो वितरण र नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा विद्युतीय पूर्वाधार सुधारको क्षेत्रमा समन्वयात्मक ढङ्गले परियोजना सञ्चालन हुने बताए। 

पहिलो चरणमा पाइलट परियोजनाका रुपमा छ महिनाभित्र मूल्याङ्कन गरी त्यसको प्रभावकारिताका आधारमा फेवाताललगायत अन्य तालमा परियोजना क्रमशः विस्तार गर्दै लगिनेछ ।

परियोजनामार्फत पोखरामा रहेका तालको दिगो संरक्षण र विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ भने, तालहरूमा देखिने फोहर र प्रदूषणको समस्या समाधान हुने अपेक्षा छ । 

स्थानीय समुदायको आर्थिक सशक्तीकरण, आयआर्जन र जीविकोपार्जनमा उल्लेखनीय सुधार गर्दै विपन्न परिवारलाई विद्युतीय चुल्हो वितरण गरी वातावरण तथा पर्यावरणीय सन्तुलनमार्फत पोखरा महानगरपालिकाको प्रथम पञ्चवर्षीय नगर ऊर्जा योजना कार्यान्वयनमा सहयोग पुग्ने जनाइएको छ । 

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ७ : ३६ बजे

शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको

ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल, बनाइयो ५ सय १ सदस्यीय कमिटी

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र

जोशीको एकल चित्रकला प्रदर्शनी

काठमाडौं- ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी