पोखरा क्षेत्रका तालको सरसफाइ एवं रोजगारी सिर्जनासम्बन्धी समझदारी « Khabarhub

पोखरा क्षेत्रका तालको सरसफाइ एवं रोजगारी सिर्जनासम्बन्धी समझदारी


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउण्डेशन (लक्ष्मी ग्रुप) बीच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर क्षेष्ठले एक समारोहका बीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।        

तालको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योग र स्थानीय समुदायको आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिम र रोजगारीका अवसर सिर्जनामा योगदान गर्ने गरी परियोजना सञ्चालन गर्न लागिएको महानगर प्रमुख आचार्यले बताए। 

समझदारी पत्रमा गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीलाई इन्टर्नसिप र व्यावसायिक प्रशिक्षण प्रदान गरी रोजगार र उद्यमशीलतातर्फ आकर्षित गर्ने, पोखरा महानगरपालिकामा रहेका विपन्न  परिवारलाई इन्डक्सन चुलो वितरण र विद्युतीय पूर्वाधार सुधारमा सहयोग गरिने उल्लेख छ । 

लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठले महानगर क्षेत्रमा रहेका तालको सरसफाइ र जलकुम्भीलगायत झारको व्यवस्थापन, जलकुम्भीबाट हस्तकला उत्पादन र सीप विकास, गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीका लागि इन्टर्नसिप र प्रशिक्षण, विपन्न घरपरिवारलाई इन्डक्सन चुलो वितरण र नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा विद्युतीय पूर्वाधार सुधारको क्षेत्रमा समन्वयात्मक ढङ्गले परियोजना सञ्चालन हुने बताए। 

पहिलो चरणमा पाइलट परियोजनाका रुपमा छ महिनाभित्र मूल्याङ्कन गरी त्यसको प्रभावकारिताका आधारमा फेवाताललगायत अन्य तालमा परियोजना क्रमशः विस्तार गर्दै लगिनेछ ।

परियोजनामार्फत पोखरामा रहेका तालको दिगो संरक्षण र विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ भने, तालहरूमा देखिने फोहर र प्रदूषणको समस्या समाधान हुने अपेक्षा छ । 

स्थानीय समुदायको आर्थिक सशक्तीकरण, आयआर्जन र जीविकोपार्जनमा उल्लेखनीय सुधार गर्दै विपन्न परिवारलाई विद्युतीय चुल्हो वितरण गरी वातावरण तथा पर्यावरणीय सन्तुलनमार्फत पोखरा महानगरपालिकाको प्रथम पञ्चवर्षीय नगर ऊर्जा योजना कार्यान्वयनमा सहयोग पुग्ने जनाइएको छ । 

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ७ : ३६ बजे

आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको सकियो

नवलपरासी – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि