आज २०८२ साल साउन २३ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल साउन २३ गते शुक्रबारको राशिफल


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन २३ गते शुक्रबार। साउन शुक्ल पक्षको चतुर्दशी तिथि।  तदनुसार सन् २०२५ अगष्ट ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। सोचेको काम बन्नेछ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

वृष : दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। बन्धुसँग विवाद बढ्नेछ। शिक्षामा लगानीको हिम्मत गर्नुपर्ने दिन छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

मिथुन : दिन सामान्य छ। शब्दको जालमा फस्ने जोखिम छ। आम्दानीको स्रोत व्यवस्थापनमा समस्या हुनसक्छ। थारै बोलेर धेरै काम गर्नुपर्ने आवश्यकता देखिन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्ने छ।

कर्कट : दिन राम्रो छ। जग्गाको कारोबारमा फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। राजनीतिक क्षेत्रमा उच्च तहका व्यक्तिको साथ मिल्नेछ। परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ। पश्चिमको यात्रा नगर्नु उचित हुन्छ।

सिंह : सञ्चित धन खर्च हुनेछ। जागिरले तनाव दिने दिन छ। शनिको प्रभावले सानो कुरामा विवाद बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम बन्नेछन्।

कन्या : दिन राम्रो छ। कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। विपक्षी शान्त रहेकाले तपाईंको काम सहजै बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

तुला : दिन राम्रो छ। तपाईंले गरेको संघर्षबाट मुक्ति मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। श्रम शोषण गर्नेसँग सचेत बन्नु उचित हुन्छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले मनमा उत्साह थपिने छ। व्यापारमा फाइदा हुनेछ। विपक्षी भन्दै गरेका साथीले प्रशंसा गर्नेछन्। शिक्षामा गरेको लगानीको उचित मूल्य प्राप्त हुनेछ।

धनु : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। शुभग्रहको बहुमत भएकाले व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

मकर : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला। राजनीतिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। विपक्षी बौद्धिक भएकाले कम बोल्नु उचित हुन्छ।

कुम्भ : दिन सामान्य छ। अनावश्यक यात्राले सम्पत्ति र समय खर्च हुनेछ। शिक्षामा लगानी नगर्नु उचित हुन्छ। शनिको अवस्था हेरेर मात्र दैनिक काम गर्नु उचित हुन्छ।

मीन : दिन राम्रो छ। शुभ ग्रहको बल भएकाले बौद्धिक व्यक्तिको साथ र सहयोग मिल्नेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। 

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ४ : ५१ बजे

इष्टुको तस्बिर फेरि भाइरल !

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जालमा महिलाको पहिरनलाई लिएर टिप्पणी र

जनप्रिय युवा क्लब ‘खुला यार्तुङ आर्चरी प्रतियोगिता’को च्याम्पियन

मुस्ताङ– मुस्ताङको मुक्तिनाथमा आयोजित खुला यार्तुङ आर्चरी प्रतियोगितामा आयोजक जनप्रिय

पहिरोले बागलुङ–बुर्तिबाङ सडक अवरुद्ध

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका– २ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग

भीरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

बाजुरा– बाजुराको बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना

पढ्नैपर्ने पर्दा पछाडिको भूटान : टेकनाथ रिजाल खै ?

पर्दापछाडिको भूटान बलराम पौडयालकृत भुटानको इतिहास र संस्मरणको जीवन्त पुस्तक