आज २०८२ साल साउन २३ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन २३ गते शुक्रबारको राशिफल


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन २३ गते शुक्रबार। साउन शुक्ल पक्षको चतुर्दशी तिथि।  तदनुसार सन् २०२५ अगष्ट ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। सोचेको काम बन्नेछ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

वृष : दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। बन्धुसँग विवाद बढ्नेछ। शिक्षामा लगानीको हिम्मत गर्नुपर्ने दिन छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

मिथुन : दिन सामान्य छ। शब्दको जालमा फस्ने जोखिम छ। आम्दानीको स्रोत व्यवस्थापनमा समस्या हुनसक्छ। थारै बोलेर धेरै काम गर्नुपर्ने आवश्यकता देखिन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्ने छ।

कर्कट : दिन राम्रो छ। जग्गाको कारोबारमा फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। राजनीतिक क्षेत्रमा उच्च तहका व्यक्तिको साथ मिल्नेछ। परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ। पश्चिमको यात्रा नगर्नु उचित हुन्छ।

सिंह : सञ्चित धन खर्च हुनेछ। जागिरले तनाव दिने दिन छ। शनिको प्रभावले सानो कुरामा विवाद बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम बन्नेछन्।

कन्या : दिन राम्रो छ। कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। विपक्षी शान्त रहेकाले तपाईंको काम सहजै बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

तुला : दिन राम्रो छ। तपाईंले गरेको संघर्षबाट मुक्ति मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। श्रम शोषण गर्नेसँग सचेत बन्नु उचित हुन्छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले मनमा उत्साह थपिने छ। व्यापारमा फाइदा हुनेछ। विपक्षी भन्दै गरेका साथीले प्रशंसा गर्नेछन्। शिक्षामा गरेको लगानीको उचित मूल्य प्राप्त हुनेछ।

धनु : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। शुभग्रहको बहुमत भएकाले व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

मकर : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला। राजनीतिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। विपक्षी बौद्धिक भएकाले कम बोल्नु उचित हुन्छ।

कुम्भ : दिन सामान्य छ। अनावश्यक यात्राले सम्पत्ति र समय खर्च हुनेछ। शिक्षामा लगानी नगर्नु उचित हुन्छ। शनिको अवस्था हेरेर मात्र दैनिक काम गर्नु उचित हुन्छ।

मीन : दिन राम्रो छ। शुभ ग्रहको बल भएकाले बौद्धिक व्यक्तिको साथ र सहयोग मिल्नेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। 

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ४ : ५१ बजे

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा