अब कामका लागि खाडी जानु पर्दैन् : प्रधानमन्त्री | Khabarhub Khabarhub

अब कामका लागि खाडी जानु पर्दैन् : प्रधानमन्त्री


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता पाएकाले ‘अब गर्छु होइन गरेँ’ भन्ने स्थिति आएको बताएका छन्।

नेकपाका सांसद शान्ता चौधरीको सङ्घर्ष र रचनामा आधारित गीति भिडियोको प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले विकास र परिवर्तनका सबै वाचा पूरा नभइसके पनि यसबीचमा धेरै काम शुरु भएको जिकिर गरे।

‘अब कामका लागि खाडी वा विदेश जानु पर्दैन। त्यस्तो वातावरण र मनस्थिति छाडेर देशमै केही गर्न सबै उत्रनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘पहिले पहिले पनि सरकार थिए तर पाइपलाइनबाट अमलेखगञ्जमा किन तेल झरेन ? त्यसकाण अब गर्छु होइन गरेँ भन्दैछु।’

मुलुकका ५७ लाख चर्पी निर्माण भएर खुला दिसामुक्त राष्ट्र घोषणा भएको र अन्य विकास निर्माणका काम भइरहेको विषयलाई पनि देख्न कलाकर्मीलाई आग्रह गर्दै सामाजिक सुरक्षा कार्यक्रम, तुइन विस्थापन, ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र सयौँ पुल निर्माण भएको र अब नेपाललाई सडक मानवमुक्त बनाउने अभियान थालिएको प्रधानमन्त्रीले बताए।

‘किनारामा बसेर कुरा काट्ने प्रवृत्ति छ तर सरकारले गरेका एक वर्षपछिका कामहरु इतिहासमा मानिसहरुले नसुनेका कामहरु भएका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘कमलरी उन्मूलनको प्रस्ताव हामीले दर्ता गरेका थियौँ। कमलरीको जीवन व्यतित गर्नेहरु अहिले संसद्मा पुगेका छन्। परिवर्तन यही हो। सयौँ वर्षदेखि जनतालाई लुटेर खाएर आफू जमीनदार भएर बसेको स्थितिमा गरीबी उन्मूलन हुनका लागि केही समय लाग्नु अन्यथा होइन।’

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ९ : ०१ बजे

सत्ताधारी नै निजी विद्यालयका संरक्षक !

काठमाडौं– संघीय संसद्को तल्लो सदन प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा

आजका समाचार : बालेनविरुद्ध फेरी खनिए ओली, नेपाली महिला टोली विश्वकप छनोटमा र रुस-युक्रेन युद्धविराम हुन सक्ने

सिंहदरबारमा बालेनको खोजी, प्रधानमन्त्रीले भने- आउँदैनन् भने अर्को पटकदेखि नाम

पराजित पोमू : कोरिया प्रवासमा नेपाली साहित्य चिनाउने एक अग्रज

अप्रिल ३० देखि मे ९ सम्म दक्षिण कोरियामा २६ औँ

‘ह्रस्व दीर्घ’का निर्देशक चन्द्रले फिल्म ‘आबाट आमा’ बनाउने

काठमाडौं– गत वर्ष प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’बाट डेब्यू गरेका निर्देशक

र्‍यापर ‘सिन डिडी कोम्बस्’को यौन मुद्दामा जस्टिनले भने- म पीडित होइन

काठमाडौं – विश्व चर्चित पप गायक जस्टिन बिबरले सहकार्य गरेका