पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

रूखसहितको पहिरो खसेपछि शुक्रबार बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो । पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

पहिरोका कारण काठमाडौं जाने सवारीसाधन गजुरी र काठमाडौंबाट मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् ।

लगातारको वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले सतर्क रहन चालक र यात्रुलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ८ : २० बजे

कार्यवाहक प्रधानमन्त्री सिंहले भने- नयाँ संसद् भवनमा विगतका कमजोरी दोहोरिन नदिई काम भइरहेको छ

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारभित्र निर्माणाधीन

लेखराजको तर्क- एमालेमा ओलीको विकल्प छैन, देवत्वकरण नभएर आवश्यकता हो

धनगढी– नेकपा एमालेका सचिव लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओली

अनुगमन तथा मूल्याङ्कन समितिले टियु क्रिकेट मैदानको प्रगति विवरण माग गर्ने

काठमाडौं– संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन,

सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

राजविराज– सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा

बलात्कार आरोपमा पाकिस्तानी क्रिकेटर इङ्ग्ल्याण्डको मैदानबाटै पक्राउ

इस्लामवाद– पाकिस्तानका युवा ब्याट्सम्यान हैदर अली बलात्कारको आरोपमा इङ्ग्ल्याण्डमा पक्राउ