रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, के छन् एजेण्डा ? « Khabarhub

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, के छन् एजेण्डा ?


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (शुक्रबार) बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । झाकाअनुसार बैठकमा विभिन्न १३ बुँदाको एजेण्डामाथि छलफल हुनेछ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुन लागेको उपचुनावमा पार्टीको तयारी, निजामती कर्मचारी विधेयकअन्तर्गत कुलिङ अफ् पिडियड छानबिन समितिको प्रतिवेदन, भिजिट भिसा प्रकरण, संसदमा पार्टीका सांसदहरूको भूमिकालगायत विषयमा छलफल हुने बताइएको छ । 

यस्तै बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव, केन्द्रीय विभागको प्रगति रिपोर्टलगायत विषयमा छलफल हुने प्रवक्ता झाले बताए । प्रदेश इन्चार्जहरुले पनि प्रदेशको रिपोर्ट प्रस्तुत गर्ने छन् ।

केन्द्रीय समिति बैठकले पार्टी सचिवालय बैठकका निर्णयहरूमा छलफल र अनुमोदन गर्नुका साथै पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने प्रस्तावको सम्बन्धमा पनि निर्णय गर्ने बताइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ८ : ५० बजे

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा