उत्तराखण्ड पहिरोमा सम्पर्कविहीन नेपालीको खोजीमा जुट्न दूतावासलाई परराष्ट्रमन्त्री राणाको निर्देशन « Khabarhub

उत्तराखण्ड पहिरोमा सम्पर्कविहीन नेपालीको खोजीमा जुट्न दूतावासलाई परराष्ट्रमन्त्री राणाको निर्देशन


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली दूतावासलाई उत्तराखण्डमा हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारतसँग समन्वय गरेर तदारुकताका साथ लाग्न निर्देशन दिएकी छिन् ।

भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जाने बाटोमा पर्ने धराली गाउँमा आएको बाढीपहिरोमा परेर बेपत्ता भएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि दूतावासलाई निर्देशन दिएकी हुन् ।

‘उहाँहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ,’ परराष्ट्रमन्त्री राणाले भनिन्, ‘नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारूकताका साथ लाग्न निर्देशन दिएकी छु ।’

उक्त बाढीपहिरोमा जाजरकोटको कुशे गाउँपालिकाका नागरिक परेका छन् । कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले वडा नम्बर २ का १३ जनाभन्दा बढी र अन्य वडाका केही व्यक्तिहरू बाढीपहिरोपछि सम्पर्कमा नरहेको जनाएका छन् ।

अध्यक्ष बस्नेतले बाढीपहिरो प्रभावित क्षेत्रमा हराइरहेका नेपाली नागरिकहरूको तत्काल खोज तथा उद्धारका लागि नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहल गर्न पनि आग्रह गरेका छन् ।

मंगलबार दिउँसो अचानक पहाड नै खसेर बग्दै आएको लेदोले सम्पूर्ण धरालीलाई क्षति पुर्‍याएकाे छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार हालसम्म ५ जनाको मृत्यु पुष्टि भइसकेको छ ।

१०० भन्दा बढी अझै बेपत्ता छन् । भारतीय सेनाका ९ जवानसमेत बगेका छन् । ५० भन्दा बढी घर, ३० भन्दा बढी होटल र रिसोर्ट तथा २५ होमस्टेहरू पूरै ध्वस्त भएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ११ : २२ बजे

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल