बुटवल-नारायणगढ सडक पुनः अवरुद्ध | Khabarhub Khabarhub

बुटवल-नारायणगढ सडक पुनः अवरुद्ध


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु– बुटवल-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने खण्ड अवरुद्ध भएको हो । 

दाउन्नेको पैसठ्ठी मोड नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई गाडी फसेकाले आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए  । 

लगातारको वर्षाले गत सोमबार बिहानदेखि अवरुद्ध भएको दाउन्ने खण्ड केही समय सञ्चालन हुँदै पुनः अवरुद्ध हुने गरेको छ । आज बिहानदेखि सडक पुनः अवरुद्ध भएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।  

‘हल्का वर्षामा पनि गाडी चिप्लिएर गुड्न सकेका छैनन्, हिलो बाटोमा ट्रकहरू फसेर समस्या हुने गरेको छ’, उनले भने, ‘पूर्वबाट पश्चिम जाने सवारी उकालोमा चिप्लिएकाले धेरै समस्या हुने गरेको छ ।’

दाउन्ने खण्डमा सडक अवरोध भएका कारण सवारी आवागमनमा समस्या भएको र मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

विनयी त्रिवेणी गाउँपालिका-२ विश्वकर्मा मन्दिर नजिकैको बाटोमा निरन्तर अवरोध हुँदै आएको छ । बुटवल-नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा सामान्य वर्षमा पनि सडक अवरुद्ध हुने गरेको छ । रासस

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १२ : ४६ बजे

साप्ताहिक आर्थिक खबर : बूढीगण्डकीलाई लगानी जुट्यो, एक वर्षमै साढे १७ अर्बको बिजुली बिक्री र २४ वटा क्यासिनो नवीकरण

बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो बूढीगण्डकी जलविद्युत आयोजनाका लागि

रविका नाममा सञ्चालित हस्ताक्षर अभियानबाट हौसियो रास्वपा, देशव्यापी बनाउने निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नेपाली नागरिकहरूको मताधिकार व्यवस्थाका

बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो

गोरखा– बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । साहस ऊर्जा

ट्रम्पसँग भेटको मिति टुंगिनुअघि चिनियाँ राष्ट्रपति सी र रुसी समकक्षी पुटिनबीच फोन वार्ता

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन

दलित सङ्घका पूर्वअध्यक्ष बस्यालको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल दलित सङ्घका