प्रशिक्षणलाई गुणस्तरीय बनाउन मन्त्री न्यौपानेको निर्देशन « Khabarhub

प्रशिक्षणलाई गुणस्तरीय बनाउन मन्त्री न्यौपानेको निर्देशन


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीको प्रशिक्षणलाई सङ्ख्यात्मक मात्र नभई गुणस्तरीय बनाउन निर्देशन दिएकी छन् । 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको परिषद् बैठकलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री न्यौपानेले प्रशिक्षणलाई प्रविधिमैत्री र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिइन् । 

प्रशिक्षणमा सेल्फ लर्निङ, इलर्निङ र एआइलाई जोड दिनुपर्ने उनले बताइन् । निजामती कर्मचारीलाई प्रशिक्षणसँगै स्थलगत रूपमा अध्ययन गर्ने वातावरण बनाउनुपर्ने मन्त्री न्यौपानेले बताइन् । 

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, लोकसेवा आयोगका उपाध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपती, नेपाल सरकारका मुख्य सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिवलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । 

उक्त बैठकमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको पञ्चवर्षीय रणनीतिक योजना (२०७९/८०–२०८३/८४) को तेस्रो वार्षिक प्रगति समीक्षा, प्रतिष्ठानको आव २०८१/८२ को वार्षिक प्रगति समीक्षा तथा प्रतिष्ठानको आव २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा छलफल भएको थियो । रासस

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १२ : ५२ बजे

अनैतिक गतिविधिमा संलग्न २४ जना प्रहरीको नियन्त्रणमा

कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौँ– दक्षिण अमेरिकी देश भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय