राष्ट्रियसभाबाट जलस्रोत विधेयक पारित | Khabarhub Khabarhub

राष्ट्रियसभाबाट जलस्रोत विधेयक पारित


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ । 

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए  । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो ।

त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले बाँधको विषयमा देखिएका अस्पष्टतालाई विधेयकले थप स्पष्ट पार्दै आवश्यकता अनुसार नेपाल सरकारले सुरक्षा दिने व्यवस्था गरेको बताए । जलको सदुपयोग र संरक्षण गर्नुका साथै यसबाट अधिकतम लाभ लिने उद्देश्यले सरकारले विधेयक ल्याएको उनको भनाइ छ ।  

नेपालमा जलश्रोतको उपयोग, विकास तथा संरक्षण मार्फत समग्र राष्ट्रको विकासमा बहु आयामिक सोचमार्फत जलश्रोतको उत्पादकत्व वृद्धि गर्न यस ऐनको महत्त्वपूर्ण भूमिका हुने मन्त्री खड्काले उल्लेख गरे  ।  

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ३ : ०१ बजे

‘अर्थतन्त्रमा नयाँ चुनौती थपिए, सुधारले गति लिन सकेन’

काठमाडौँ – अर्थतन्त्रले अझैपनि अपेक्षित सुधारको दिशा ग्रहण गर्न नसकेको

रास्वपाले रविको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा

रुपन्देही कारागारले भन्यो : रवि लामिछानेलाई छुट्टै कोठा व्यवस्था गरिएको छ

रुपन्देही – कारागार कार्यालय रुपन्देहीले प्रतिनिधिसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री

न्यायाधीश नियुक्तिमा बार असन्तुष्ट, संशोधित नियमावली खारेज गर्न माग

काठमाडौं – नेपाल बार एशोसिएसनले संशोधित नियमावली खारेज नभएसम्म न्याय

बिजुलीको पोलमा चढेका मजदुरको करेन्ट लागेर मृत्यु

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका–११ नेपालटारमा आज करेन्ट लागेर एक