मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बरहथवा– सर्लाहीको बलरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

शुक्रबार बलरा नगरपालिका–११ वडा कार्यालय नजिकै बिआर३०के ४६९४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो । 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी सोही स्थान बस्ने सहिब बैठाकी श्रीमती ५५ वर्षीया चन्दादेवी बैठाको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी उनलाई अचलगढ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका ३५ वर्षका जितेन्द्र ठाकुरसमेत घाइते भएका छन् ।

उनको प्रादेशिक अस्पताल मलङ्गवा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

यसैबीच अचलगढ अस्पतालमा रहेको एम्बुलेन्समा इन्धन नभएका कारण बिरामीलाई समयमै अन्य अस्पताल लैजान नसक्दा बिरामीको मृत्यु भएको स्थानीयले गुनासो गरेका छन् । 

एम्बुलेन्समा पम्पबाट इन्धन ल्याएर हालेर बिरामी लैजाँदा दुई घण्टा ढिलो अस्पताल पुगेका कारण बिरामीको ज्यान गएको परिवारको आरोप छ । रासस

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ७ : २४ बजे

उपाध्यक्ष पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण : एमाले

काठमाडौँ– नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी घोर प्रतिशोधपूर्ण,

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन

मनसुनी वायु फैलिँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा