खोलाले बगाउँदा एक युवक बेपत्ता « Khabarhub

खोलाले बगाउँदा एक युवक बेपत्ता


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङमा जङ्गलमा च्याउ टिप्न जाने क्रममा खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् ।

बागलुङको खोला गाउँपालिका–६ घर भई हाल मुस्ताङको घरपझोङ–५ फेन्ताङस्थित इको ब्रो कृषि फार्ममा विगत छ महिनादेखि कार्यरत अन्दाजी २३ वर्षीय हिमाल विक शुक्रबारदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यायल मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार श्रीमतीसहित पाँच जनाको समूह कोभाङ फेदी जङ्गलमा च्याउ टिप्न जाने क्रममा सोही स्थानमा रहेको धुम्बा खोला तर्ने क्रममा अचानक पानीको बाहव बढ्दा विकलाई खोलाले बगाएको हो ।

धुम्बा खोलाले बगाउँदा उनी बेपत्ता भएको खबर सोही स्थानमा बस्ने डिल्लीजङ्ग गुरुङले जिल्ला प्रहरी मुस्ताङलाई खबर दिएका थिए ।

धुम्बा खोलाले बगाउँदा युवा बेपत्ता भएको प्रहरी कार्यालयमा खबर गरिएलगत्तै मुस्ताङका प्रहरी प्रमुख छिरिङ किप्पा लामाको कमाण्डमा आठ जनाको प्रहरी टोली र सहायक प्रहरी निरीक्षक सुरज श्रेष्ठको कमाण्डमा सात जनाको प्रहरी टोली खटिएर बेपत्ताको खोजतलास कार्य जारी राखेको प्रहरी निरीक्षक विकास क्षेत्रीले जानकारी दिए ।

खोलाले बगाएको उक्त स्थान जिप्रका मुस्ताङबाट करिब सात किमी पश्चिम पूर्वमा पर्ने प्रहरीले जनाएको छ । (रासस)

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ७ : २१ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,