बसको ठक्करबाट साइकलयात्रीको मृत्यु « Khabarhub

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ ।

स्थानीय सीतापुरका ६८ वर्षीय बुदुर चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना प्र १–०१–००१ ख ४५६० नम्बरको बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चाँदनी चोकमा सोही पूर्वतर्फ जाँदै गरेका साइकलमा सवार चौधरीलाई पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनापछि आक्रोशित स्थानीय र मृतकका आफन्तले बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको चाँदनी चोकमा सडक अवरुद्ध गरेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ९ : ४५ बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका