पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा | Khabarhub Khabarhub

पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरूको मौलिक सांस्कृतिक पर्वको रूपमा रहेका जनैपूर्णिमा र गाईजात्रा पर्वको शुभकामना व्यक्त गरेका छन् ।

सभापति देउवाले आज एक सन्देश जारी गरी जनैपूर्णिमा र गाईजात्रा पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा पार्टी र आफ्नो तर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

देउवाले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण नेपालमा विभिन्न जातजाति/समुदायका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्वहरू रहेको उल्लेख गरेका छन् ।

‘विभिन्न चाडपर्वमध्ये श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरूको महान् पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) तथा नेवार समुदायमा वर्ष दिनभित्रमा दिवङ्गत आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व पनि महत्त्वपूर्ण पर्वहरू हुन्, जसले नेपाली समाजको आस्थासँगै परम्परागत मूल्यहरूलाई जीवित राखेका छन्’, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पूर्वप्रधानमन्त्री देउवाले लोकतान्त्रिक व्यवस्थामा मात्र सबै जातजाति, भाषाभाषी, धर्म–संस्कृति र परम्पराहरूलाई समान अधिकार र अवसर प्राप्त हुने बताए । उनले यस्ता सांस्कृतिक धरोहरलाई भावी पुस्ताका लागि संरक्षण गर्दै, पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व र जिम्मेवारी भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १० : ११ बजे

एनपीएल अक्सन : अर्जुन साउद चितवन राइनोजमा, दिलिप र अभिशेक पोखरा एभेन्जर्समा

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि फ्रेन्चाइज

पाटनस्थित कुम्भेश्वर मन्दिरमा मेला

काठमाडौं– जनैपूर्णिमाका अवसरमा ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

कालिञ्चोकमा ब्युँताइयो २०० वर्ष पुरानो दही चिउरा खुवाउने प्रचलन

काठमाडौं– दोलखाको प्रसिद्ध कालिञ्चोक भगवती दर्शनका लागि पुग्ने भक्तजनहरूका लागि

अन्डर -१९ का कप्तान हेमन्त धामी सुदूरपश्चिम रोयल्समा अनुबन्ध

काठमाडौं- नेपाल अन्डर -१९ समूहका कप्तान हेमन्त धामी नेपाल प्रिमियर

गभर्नर पौडेलले अर्थतन्त्रमा देखेका चार समस्या

हामी सबैलाई देशको आर्थिक अवस्था सामान्यतयाः थाहा छ । म