नेपाली पर्वहरूले समानताको सन्देश प्रवाह गर्दै आएका छन् : उपराष्ट्रपति यादव « Khabarhub

नेपाली पर्वहरूले समानताको सन्देश प्रवाह गर्दै आएका छन् : उपराष्ट्रपति यादव


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा मनाइने जनैपूर्णिमालगायत विभिन्न पर्वले विविधताभित्रको एकता, लैङ्गिक समानता र सामाजिक मिलनको सन्देश प्रवाह गर्दै आएको विश्वास व्यक्त गरेका छन् ।

श्रावण पूर्णिमा तिथिमा मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) तथा गुँःपुन्हिको पावन अवसरमा आज देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै जनैपूर्णिमाजस्ता पर्वहरूले समुन्नत राष्ट्र निर्माणको मार्ग प्रशस्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘नेपालमा परापूर्वकालदेखि मनाइँदै आएका जनैपूर्णमाजस्ता पर्वहरू द्रुत गतिमा बदलिँदो आजको जीवनशैली र डिजिटल युगमा आत्मीयता, सांस्कृतिक महत्व तथा भावनात्मक पुनःस्थापनामा सकारात्मक प्रभाव पारिरहेको विश्वास लिएको छु ।’

विविध सांस्कृतिक परम्परामा धनी हाम्रो देश र समाजमा एकै तिथिमा विभिन्न नामले मनाइने रक्षाबन्धन, जनैपूर्णिमा तथा गुँःपुन्हि पर्वले आपसी प्रेम, सम्मान, एकता, सौहार्दता र सहयोगको सन्देश फैलाउँदै आएका छन् । भूगोल, जाति, समुदाय र क्षेत्रगत विविधतायुक्त यी मौलिक पर्वहरू रैथाने संस्कृति तथा परम्पराबाट समृद्ध छन्, जुन हाम्रो साझा पहिचान र राष्ट्रिय गौरवका प्रतीक पनि हुन् ।

तराई–मधेसमा मधेसीलगायतको समुदायका दिदीबहिनीले रक्षाबन्धनको अवसरमा दाजुभाइलाई राखी बाँध्दै दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्छन् भने दाजुभाइले दिदीबहिनीप्रति समर्पण र संरक्षणको भाव प्रकट गर्ने परम्परा रहिआएको । यसले पारस्परिक सम्बन्धलाई अझ मजबुत बनाउन सघाउँछ ।

त्यस्तै, यो पर्व जनै पूर्णिमाका रूपमा मनाउनेहरूले यज्ञोपवीत परिवर्तन गरी ऋषिपुजन तथा तर्पण कर्म सम्पन्न गर्दै भव्य आस्थाका साथ मनाउँछन् । यस दिन गुरुजनहरूबाट मन्त्रपाठसहित बाँधिने रक्षासूत्र भय निवारण एवं आत्मबल सुदृढीकरणको प्रतीक मानिन्छ ।

नेवार समुदायले श्रावण पूर्णिमालाई ‘गुःपुन्हि’ को रूपमा मनाउने परम्परा छ । यस पर्वले नेवार समुदायमा शारीरिक शुद्धता, पारिवारिक स्वास्थ्य तथा समृद्धिको कामनासहित धार्मिक एवं सांस्कृतिक पुनर्जागरणको कार्यमा सहयोग गर्दछ । यस अवसरमा क्वाँटी खाने, विशेष प्रकारका रोटीहरू पकाएर घरका देवता तथा पुर्खाका नाममा चढाउने, धार्मिक अनुष्ठान गर्ने, परिवार र समुदायबीच जमघट गर्दै यो पर्व मनाइन्छ । (रासस)

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १० : ३३ बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका