थाइराइड हुन नदिन के खाने ? « Khabarhub

थाइराइड हुन नदिन के खाने ?


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

थाइराइड ग्रन्थी बढ्न थालेपछि हाम्रो स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थाल्छन् ।बच्चाहरुमा यो समस्या देखा पर्दा उनीहरुको विकासमा समेत असर पर्न सक्छ ।

थाइराइड हुन नदिन घरमै भएका यी खानेकुरा खाने गर्दा धेरै राहत् महसुस गर्न सकिन्छ । तर अवस्था धेरै गम्भीर छ भने चाहिँ तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ ।

केही टिप्सः

१. थाइराइडलाई नियन्त्रण गर्न दैनिक दुधमा बेसार पकाएर खाने गर्नुपर्छ । बेसार हालेको दुध यसका लागि धेरै प्रभावकारी हुन्छ ।

२. दैनिक खाली पेटमा लौकाको जुस पिउने गर्दा पनि थाइराइडबाट टाढा रहन सकिन्छ । यो जुस पिएपछि आधा घण्टासम्म अरु केही नखाइ बस्नुपर्छ ।

३. दुई चम्चा तुलसीको रसमा आधा चम्चा घिउकुमारीको रस मिसाएर खाने गर्दा पनि यस समस्याबाट छुटकारा पाउन सकिन्छ ।

४. थाइराइडबाट मुक्त हुने अर्को तरिका भनेको प्याजको मजास हो । प्याजलाई बीचबाट काटेर दुई टुक्रा पार्ने अनि सुत्नुअघि थाइरोइड ग्रन्थिको वरिपरि त्यसले मजास गर्ने । यसरी प्याजको रस नधोइकन राखिरहने हो भने पनि यसबाट धेरै राहत पाउन सकिन्छ ।

५. थाइराइडको उपचारका लागि मरिच पनि धेरै फाइदाजनक मानिन्छ । कुनैपनि तरिकाले दैनिक मरिच सेवन गर्ने गर्दा धेरै लाभ पाउन सकिन्छ ।

६. बदाम र ओखरमा पाइने सेलेनियम नामक तत्व थाइरोइडको उपचारका लागि धेरै उपयोगी मानिन्छन् । अझ हाइपोथाइरोइड (थाइराइड हर्मोन वृद्धि हुनु) का लागि यो उपाय सबैभन्दा बढी प्रभावकारी साबित हुने गर्छ ।

७. कागतीको पत्ता नियमित सेवन गर्ने गर्दा थाइरोक्सिन अत्याधिक मात्रामा बन्न पाउँदैन । त्यसकारण यसलाई दैनिक चियामा राखेर सेवन गर्दा धेरै राहत गराउँछ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ७ : १७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै