मधेसमा लम्पीस्किनको सङ्क्रमणबाट १७०० पशु मरे | Khabarhub Khabarhub

मधेसमा लम्पीस्किनको सङ्क्रमणबाट १७०० पशु मरे


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– लम्पीस्किन रोगको सङ्क्रमणबाट मधेस प्रदेशमा एक हजार सात सय पशुचौपाया मरेका छन् । प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार ७०९ वटा  पशु उपचारबाट निको भएको बताएको छ । 

लम्पीस्किन रोग लाग्दा पशुलाई सुरुमा ज्वरो आउने, शरीरमा घाउखटिरा आउने तथा घाँस र पानी खान नखोज्ने लक्षण देखिन्छन् । रोगको पहिचान भएका पशुमा खोप लगाउने अभियान पनि सुरु गरिएको मन्त्रालयको भनाइ छ । 

अभियानअन्तर्गत हालसम्म प्रदेशभरिका दुई लाख ४५ हजार पशुलाई खोप लगाइएको छ । मन्त्रालयका अनुसार दुई लाख ३१ हजार ५१५ पशुलाई विज्ञकेन्द्रमार्फत खोप दिइएको छ भने स्थानीय तहमार्फत धनुषामा ५६६, सर्लाहीमा १७५ तथा रौतहटमा तीन हजार ७०० पशुलाई खोप लगाइएको छ । 

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १ : १८ बजे

मूल्य बढेपछि अलैँची खेती विस्तारमा जुट्दै भोजपुरका किसान

भोजपुर– अलैँचीको मूल्य वृद्धि भएपछि भोजपुरका किसान खेती विस्तारमा जुटेका

अस्ट्रेलिया र दक्षिण अफ्रिकाको टी-२० सिरिज : टिममा फर्कँदै स्टार खेलाडी

डारविन – अस्ट्रेलिया र दक्षिण अफ्रिकाको पहिलो टी-२० आइतबार हुँदै

आजको सागसब्जी र फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

यौन अपराधमा दोषी देखिएपछि अष्ट्रेलियाका एक सांसदले दिए राजिनामा

एजेनसी – अष्ट्रेलियाका सांसद ग्यारेथ वार्डले यौन अपराधमा दोषी ठहर

कैलाली कारागार झडपमा एकको मृत्यु, ४७ घाइतेमध्ये एकको अवस्था गम्भीर

धनगढी- कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा परेका एक जनाको