महन्थ ठाकुरको गुनासो : थारू-मधेसीले अधिकार र पहिचान पाएनन् « Khabarhub

महन्थ ठाकुरको गुनासो : थारू-मधेसीले अधिकार र पहिचान पाएनन्


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

धनगढी– सत्ता साझेदार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सयौँ थारू र मधेसीले अधिकार र पहिचानका लागि बलिदानी दिएर अधिकार नपाएको गुनासो गरेका छन् । 

तराई–मधेशकेन्द्रित दलहरूको मोर्चा संघीय लोकतान्त्रिक मोर्चाले शनिबार कैलालीको सुख्खडमा आयोजना गरेको जनजागरण अभियान कार्यक्रममा उनले यस्तो गुनासो गरेका हुन् । 

‘अधिकार र पहिचानका निम्ति थारु र मधेशीका सयौँ सपुतहरूले बलिदानी दिए । तर संघीयता आए पनि हामीले अधिकार पाएनौँ,’ अध्यक्ष ठाकुरले भने । उनले शाह वंशीय राजतन्त्र ढलेको स्मरण गर्दै जनताले चाहे अहिलेको शासन सत्ता पनि एकछिनमा ढल्न सक्ने जिकिर गरे ।  

‘जनताले अस्वीकार गरेर राजतन्त्र ढल्न सक्छ भने अहिलेको शासन सत्ता पनि जनताले चाह्यो भने एकछिनमा ढालिदिन सक्छ,’ ठाकुरले भने । उनले हक–अधिकारका लागि संघर्ष गर्न मोर्चा गठन गरिएको पनि बताए ।

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले थारु–मधेशीलगायत सबै उत्पीडितहरूको एकताका लागि मोर्चा गठन गर्नु परेको बताए । उनले रुपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचन मोर्चाको परीक्षा भएको भन्दै जसरी पनि जित्नु पर्नेमा जोड दिए । 

मोर्चाको अर्को घटक राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले औपनिवेशिक सरकारको रवैयाले तीन करोड नेपाली जनता कोही पनि खुशी नरहेको बताए । धेरै मेहनतपश्चात् उत्पीडित जनताहरूको चाहनाअनुसार मोर्चा गठन भएकोले कसैले कमजोर बनाउने षड्यन्त्र गर्न नहुने बताए । 

यस्तै जनता समाजवादी पार्टी (जसपा)नेपालका उपाध्यक्ष विद्युत बज्राचार्यले झण्डै तीन सय वर्षदेखि शासक वर्गले उत्पीडित समुदायलाई विभाजन गरेर शासन गरिरहेकाले पहिचान पक्षधर एक ठाउँमा उभिन मोर्चा गठन गरिएको बताए ।

कार्यक्रममा जनता प्रगतिशील पार्टीका नेता उपेन्द्र उपाध्यायले देशमा बढेको भ्रष्टाचार र कुशासन अन्त्यका लागि मोर्चा गठन भएको बताए । कार्यक्रममा थारु संस्कृति झल्काउने विभिन्न नृत्यहरू प्रस्तुत गरिएको थियो । मोर्चाले देशव्यापी रुपमा जनजागरण अभियान सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ३ : २८ बजे

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा