महन्थ ठाकुरको गुनासो : थारू-मधेसीले अधिकार र पहिचान पाएनन् « Khabarhub

महन्थ ठाकुरको गुनासो : थारू-मधेसीले अधिकार र पहिचान पाएनन्


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

धनगढी– सत्ता साझेदार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सयौँ थारू र मधेसीले अधिकार र पहिचानका लागि बलिदानी दिएर अधिकार नपाएको गुनासो गरेका छन् । 

तराई–मधेशकेन्द्रित दलहरूको मोर्चा संघीय लोकतान्त्रिक मोर्चाले शनिबार कैलालीको सुख्खडमा आयोजना गरेको जनजागरण अभियान कार्यक्रममा उनले यस्तो गुनासो गरेका हुन् । 

‘अधिकार र पहिचानका निम्ति थारु र मधेशीका सयौँ सपुतहरूले बलिदानी दिए । तर संघीयता आए पनि हामीले अधिकार पाएनौँ,’ अध्यक्ष ठाकुरले भने । उनले शाह वंशीय राजतन्त्र ढलेको स्मरण गर्दै जनताले चाहे अहिलेको शासन सत्ता पनि एकछिनमा ढल्न सक्ने जिकिर गरे ।  

‘जनताले अस्वीकार गरेर राजतन्त्र ढल्न सक्छ भने अहिलेको शासन सत्ता पनि जनताले चाह्यो भने एकछिनमा ढालिदिन सक्छ,’ ठाकुरले भने । उनले हक–अधिकारका लागि संघर्ष गर्न मोर्चा गठन गरिएको पनि बताए ।

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले थारु–मधेशीलगायत सबै उत्पीडितहरूको एकताका लागि मोर्चा गठन गर्नु परेको बताए । उनले रुपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचन मोर्चाको परीक्षा भएको भन्दै जसरी पनि जित्नु पर्नेमा जोड दिए । 

मोर्चाको अर्को घटक राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले औपनिवेशिक सरकारको रवैयाले तीन करोड नेपाली जनता कोही पनि खुशी नरहेको बताए । धेरै मेहनतपश्चात् उत्पीडित जनताहरूको चाहनाअनुसार मोर्चा गठन भएकोले कसैले कमजोर बनाउने षड्यन्त्र गर्न नहुने बताए । 

यस्तै जनता समाजवादी पार्टी (जसपा)नेपालका उपाध्यक्ष विद्युत बज्राचार्यले झण्डै तीन सय वर्षदेखि शासक वर्गले उत्पीडित समुदायलाई विभाजन गरेर शासन गरिरहेकाले पहिचान पक्षधर एक ठाउँमा उभिन मोर्चा गठन गरिएको बताए ।

कार्यक्रममा जनता प्रगतिशील पार्टीका नेता उपेन्द्र उपाध्यायले देशमा बढेको भ्रष्टाचार र कुशासन अन्त्यका लागि मोर्चा गठन भएको बताए । कार्यक्रममा थारु संस्कृति झल्काउने विभिन्न नृत्यहरू प्रस्तुत गरिएको थियो । मोर्चाले देशव्यापी रुपमा जनजागरण अभियान सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ३ : २८ बजे

कङ्गोमा इबोला सङ्क्रमण बढ्दै

एजेन्सी– डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा

एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन

काँक्रेविहार– कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारी यातायात कार्यालयबाट चालु

प्रधानमन्त्री शाह काठमाडौं प्रस्थान

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ आएका

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी– कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई उत्पादनका आधारमा

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

एजेन्सी– पाकिस्तान र इरानले क्षेत्रीय शान्ति, संवाद र कूटनीतिमा आ–आफ्नो