एफबीआई निर्देशकको बयानपछि चीन क्रुद्ध, न्यूजिल्याण्ड रुष्ट « Khabarhub

एफबीआई निर्देशकको बयानपछि चीन क्रुद्ध, न्यूजिल्याण्ड रुष्ट


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकको संघीय जाँचबुझ ब्यूरो एफबीआईका निर्देशक काश पटेलले न्यूजिल्याण्डमा नयाँ कार्यालयको उद्घाटन गरेका छन् । पटेलले चीनको प्रभावलाई रोक्ने उद्देश्यसहित दक्षिण प्रशान्त महासागरमा अवस्थित मुलुक न्यूजिल्याण्डमा कार्यालय स्थापना गरिएको जनाएका छन् ।

न्यूजिल्याण्डको राजधानी वेलिङ्टनमा एफबीआईले आफ्नो पहिलो कार्यालय स्थापना गरेको हो । पटेलले चीनको प्रभाव राक्न कार्यालय खोलिएको बताएपछि चीनले क्रुद्ध प्रतिक्रिया दिएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पटेलको भनाइको निन्दा गरेका हुन् । तेस्रो मुलुकलाई लक्षित गरी मुलुकहरुबीच सहकार्य हुन नहुने चीनको विश्वास रहेको उनको भनाइ छ ।

किवी अधिकारीहरुले पनि पटेलको बयानप्रति रोष प्रकट गरेका छन् । किवी सरकारले जारी गरेको विज्ञप्तिमा अनलाइन बाल शोषण र लागूऔषध तस्करीजस्ता अपराधविरुद्ध अमेरिकासँग संयुक्त प्रयासस्वरुप कार्यालय स्थापना गरिएको उल्लेख छ ।

विज्ञप्तिमा चीनको नाम कतै उल्लेख गरिएको छैन । किवी विदेशमन्त्री विन्स्टन पिटर्सले पनि चीनको प्रभाव रोक्नेबारे अमेरिकासँग कुनै कुरा नभएको प्रष्ट्याएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ३ : ५५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना