एफबीआई निर्देशकको बयानपछि चीन क्रुद्ध, न्यूजिल्याण्ड रुष्ट « Khabarhub

एफबीआई निर्देशकको बयानपछि चीन क्रुद्ध, न्यूजिल्याण्ड रुष्ट


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकको संघीय जाँचबुझ ब्यूरो एफबीआईका निर्देशक काश पटेलले न्यूजिल्याण्डमा नयाँ कार्यालयको उद्घाटन गरेका छन् । पटेलले चीनको प्रभावलाई रोक्ने उद्देश्यसहित दक्षिण प्रशान्त महासागरमा अवस्थित मुलुक न्यूजिल्याण्डमा कार्यालय स्थापना गरिएको जनाएका छन् ।

न्यूजिल्याण्डको राजधानी वेलिङ्टनमा एफबीआईले आफ्नो पहिलो कार्यालय स्थापना गरेको हो । पटेलले चीनको प्रभाव राक्न कार्यालय खोलिएको बताएपछि चीनले क्रुद्ध प्रतिक्रिया दिएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पटेलको भनाइको निन्दा गरेका हुन् । तेस्रो मुलुकलाई लक्षित गरी मुलुकहरुबीच सहकार्य हुन नहुने चीनको विश्वास रहेको उनको भनाइ छ ।

किवी अधिकारीहरुले पनि पटेलको बयानप्रति रोष प्रकट गरेका छन् । किवी सरकारले जारी गरेको विज्ञप्तिमा अनलाइन बाल शोषण र लागूऔषध तस्करीजस्ता अपराधविरुद्ध अमेरिकासँग संयुक्त प्रयासस्वरुप कार्यालय स्थापना गरिएको उल्लेख छ ।

विज्ञप्तिमा चीनको नाम कतै उल्लेख गरिएको छैन । किवी विदेशमन्त्री विन्स्टन पिटर्सले पनि चीनको प्रभाव रोक्नेबारे अमेरिकासँग कुनै कुरा नभएको प्रष्ट्याएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ३ : ५५ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको