कालिञ्चोकमा ब्युँताइयो २०० वर्ष पुरानो दही चिउरा खुवाउने प्रचलन « Khabarhub

कालिञ्चोकमा ब्युँताइयो २०० वर्ष पुरानो दही चिउरा खुवाउने प्रचलन


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोलखाको प्रसिद्ध कालिञ्चोक भगवती दर्शनका लागि पुग्ने भक्तजनहरूका लागि शिवाकोटी समाज नेपालले दही चिउरा खुवाउने कार्यक्रम आयोजना गरेको छ । जनै पूर्णिमाको अवसरमा शनिबार यो कार्यक्रम आयोजना गरिएको हो।

कालिञ्चोक मन्दिर नजिकै रहेको पाटीमा करिब १२ सय भक्तजनलाई दही चिउरा खुवाउने कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक तथा शिवाकोटी समाजका उपाध्यक्ष रामकाजी शिवाकोटीले जानकारी दिए ।

उनका अनुसार करिब २०० वर्षअघि देखि शिवाकोटीका पुर्खाहरूले यसरी भक्तजनलाई दही चिउरा खुवाउने प्रचलन थियो। त्यसबेला खान बस्नका लागि अहिलेको जस्तो होटल थिएनन् । खानेपानी पनि थिएन ।

त्यस क्षेत्रका खर्कमा गाईबस्तु पालिने भएकाले गोरस मनग्य पाइन्थ्यो । मानिसहरूले सेवा भावले भक्तजनको सेवा गर्थे । विस्तारै गाईबस्तु पाल्न छोडियो, मानिसहरू शहर झर्न थाले । त्यसपछि यो प्रचलन हराएर गयो ।

दही चिउरा खुवाउन छोडिएको करिब चार दशकअघि अहिले फेरि यो प्रचलन सुरु गरिएको हो । पहिलेजस्तो असुविधा छैन । भक्तजनका लागि सयौँ होटल खुलिसकेका छन् । कुरी बजारदेखि मन्दिरसम्म केबलकार समेत सञ्चालनमा छ ।

सेवा सुविधा पुगे पनि पुरानो परम्परा संरक्षण गर्ने उद्देश्यले दही चिउरा खुवाउने कार्यक्रम पुन: सुरु गरिएको संयोजक शिवाकोटीले जानकारी दिए ।  त्यस अवसरमा भगवतीको भजन, खैँजडी भजन प्रस्तुत गरिएको थियो भने थामी जातिले आफ्नो सांस्कृतिक झाँकी देखाएका थिए।

कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष, दोलखाका प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुखहरू लगायतको सहभागिता थियो ।

जनै पूर्णिमाको दिन दही चिउरा खुवाउने कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने  शिवाकोटी समाज नेपालले जानकारी दिएको छ ।

विक्रम् सम्वत् २०५८ सालमा स्थापना भएको शिवाकोटी समाजले विभिन्न सामाजिक कामहरू गर्दै आएको छ । संस्थाका अध्यक्ष जयप्रसाद शिवाकोटी रहेका छन् । 

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ५ : १७ बजे

कङ्गोमा इबोला सङ्क्रमण बढ्दै

एजेन्सी– डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा

एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन

काँक्रेविहार– कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारी यातायात कार्यालयबाट चालु

प्रधानमन्त्री शाह काठमाडौं प्रस्थान

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ आएका

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी– कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई उत्पादनका आधारमा

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

एजेन्सी– पाकिस्तान र इरानले क्षेत्रीय शान्ति, संवाद र कूटनीतिमा आ–आफ्नो