पाटनस्थित कुम्भेश्वर मन्दिरमा मेला « Khabarhub

पाटनस्थित कुम्भेश्वर मन्दिरमा मेला


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनैपूर्णिमाका अवसरमा ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको छ । 

हरेक वर्ष जनै पूर्णिमाको अघिल्लो रातदेखि जनैपूर्णिमाको दिनभर कुम्भेश्वर मन्दिर विशेष मेला लाग्ने गर्दछ । मेलामा सर्वेश्वर महादेवको नागले बेरेको मुकुटलाई विधिवत रूपमा पूजागरी बाजा–गाजाका साथ कुम्भेश्वर परिसर परिक्रमा गराइन्छ ।

परिक्रमापश्चात् गौरीकुण्डबाट पाटन आएको जलले स्नान गराई खटभित्र राखेर विधिपूर्वक पूजाआजा गरेपछि जनैपूर्णिमा वा रक्षाबन्धन आरम्भ हुने कथन छ । महादेव जलमा विराजमान भएको प्रतीकस्वरूप सर्वेश्वर महादेवको मुकुटलाई मन्दिर परिसरमा भएको पोखरीमा स्नान गराई खटभित्र पूजा गरेर पोखरीमा राख्ने परम्परा छ ।

जनैपूर्णिमामा दिन पोखरीको बीचमा राखिएको सर्वेश्वर महादेवको दर्शन गर्नेको घुँइचो लाग्ने गर्दछ । बंगलामुखी मन्दिर परिसरस्थित कुम्भेश्वर मन्दिरमा लाग्ने जनैपूर्णिको मेला किराँत कालदेखि सञ्चालन हुँदै आएको विश्वास छ । 

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ५ : २५ बजे

कङ्गोमा इबोला सङ्क्रमण बढ्दै

एजेन्सी– डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा

एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन

काँक्रेविहार– कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारी यातायात कार्यालयबाट चालु

प्रधानमन्त्री शाह काठमाडौं प्रस्थान

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ आएका

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी– कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई उत्पादनका आधारमा

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

एजेन्सी– पाकिस्तान र इरानले क्षेत्रीय शान्ति, संवाद र कूटनीतिमा आ–आफ्नो