शिक्षा विधेयक स्वीकार्य छैन : कल्पना पनेरू « Khabarhub

शिक्षा विधेयक स्वीकार्य छैन : कल्पना पनेरू


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शिक्षक महासंघकी सचिव कल्पना पनेरूले प्रतिनिधिसभाअन्तर्गतको अहिले संसदीय समितिमा छलफलका क्रममा रहेको शिक्षा विधेयक आफूहरुको लागि स्वीकार्य नरहेको बताएकी छन् ।  

शनिबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले उक्त विधेयक स्वीकार गर्न नसकिने र शिक्षक महासंघ आन्दोलनमा जानुपर्ने बताएकी हुन् ।

उनले शिक्षा क्षेत्र अत्यन्त अराजक अवस्थामा र मनोमानी ढंगले गुज्रिरहेको र पञ्चायतकालीन शिक्षा ऐनलाई आज गणतान्त्रिक भनिएको नेपालमा आ–आफ्नो अनुकूलतामा व्याख्या विश्लेषण गर्ने काम भइरहेको जिकिर गरिन् । शिक्षा समितिले विधेयकलाई अघि बढाउदै गर्दा महासंघसँग विभिन्न मितिमा गरेको सम्झौतालाई नजरअन्दाज गरेको उनको भनाइ छ । 

उनले अस्थायीहरुको सवाल न्यायपूर्ण समायोजन हुनुपर्ने र ६० प्रतिशतमात्रै आन्तरिक प्रतिस्पर्धा आफूहरूलाई स्वीकार्य नरहेको स्पष्ट पारिन् । 

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ६ : ५७ बजे

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल