पोखरामा ‘यल्लो मेटल’ अप्रेसन : ११ करोडको सुनसहित कालिगढ पक्राउ « Khabarhub

पोखरामा ‘यल्लो मेटल’ अप्रेसन : ११ करोडको सुनसहित कालिगढ पक्राउ

ठूला व्यवसायीमाथि प्रहरी मौन


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा सुनको अवैध कारोबार फस्टाइरहेको पृष्ठभूमिमा प्रहरीले ‘अप्रेसन यल्लो मेटल’ सञ्चालन गरी ११ करोड रुपैयाँभन्दा बढीको सुनचाँदीसहित ११ जना भारतीय कालिगढलाई पक्राउ गरेको छ । तर, पोखराको बजारमा अवैध सुनको कारोबार चलाउने मुख्य व्यवसायीबारे प्रहरी मौन बसेपछि कालिगढ मात्रै पक्राउ पर्नुले अनुसन्धानको पूर्णतामाथि प्रश्न उठेको छ ।

गण्डकी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले शुक्रबार पोखराका मोहरिया टोल, तर्सापट्टी, भैरवटोल र चिप्लेढुंगाका विभिन्न पसल र कार्यस्थलमा एकसाथ छापा मारेको थियो । कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार लामो समयको गोप्य निगरानीपछि गरिएको यो अप्रेसनमा ६.४ किलो सुन, ४४४ तोला चाँदी र ५ लाखभन्दा बढी नगद बरामद भएको छ । बरामद गरिएको सुनको मात्र बजार मूल्य १० करोड ९४ लाख रुपैयाँभन्दा बढी छ ।

प्रहरीले पक्राउ परेका सबै भारतीय नागरिक भएको र उनीहरू वर्षौंदेखि पोखरामा सुनचाँदीको कालिगढ र डिजाइनरका रूपमा काम गर्दै आएको जनाएको छ । उनीहरूको साथबाट बरामद सुनको स्रोत खुलेको छैन ।

 ‘उनीहरू १५ वर्षदेखि पोखरामा बस्दै आएका रहेछन्,’ एसपी ओलियाले भने, ‘अहिलेसम्म यसको स्रोत खुलेको छैन र अनुसन्धान जारी छ ।’

पक्राउ पर्नेमध्ये भारत मेद्नापुरका गोविन्दा दिण्डाको साथबाट मात्रै २१० तोला सुन बरामद भएको छ । यस्तै, कलकत्ताका असित वरबाट ८६ तोला, प्रोभास माझीबाट ८८ तोला र दीपक सामन्तबाट ३८ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ । अन्य पक्राउ पर्नेहरूमा राजेन्द्र जगताप, मनिकलाल आदक, सन्दीप ढाव, सोमनाथ पाल, तापस सामन्त, उज्ज्वल भोमिक र सुनिता पवार छन् ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा एसपी ओलियाले पक्राउ परेका सबैलाई बरामद सामग्रीसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइने जानकारी दिए । यो अप्रेसनले पोखरामा लुकिछिपी हुँदै आएको अवैध सुन कारोबारको एउटा ठूलो चक्र तोडेको प्रहरीको दाबी छ। 

यद्यपि, कालिगढहरू पक्राउ पर्दा उनीहरूलाई काम दिने र उनीहरूबाट सुन खरिद गर्ने ठूला व्यवसायीहरूमाथि अनुसन्धान कहिले पुग्छ भन्ने विषयमा भने प्रहरीले केही खुलाएको छैन ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ८ : ०४ बजे

अशक्तलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै

रास्वपा महाधिवेशन : निर्वाचनअघि हलभित्रै नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र