छ किलो चार सय ग्राम सुनसहित ११ भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

छ किलो चार सय ग्राम सुनसहित ११ भारतीय नागरिक पक्राउ


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा प्रहरीले छ किलो चार सय ग्राम अवैध सुनसहित ११  भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको महाराष्ट्र तथा पश्चिम बङ्गाल घर भई पोखरामा विभिन्न स्थानमा बस्ने उनीहरूलाई पक्राउ गरी शनिबार सार्वजनिक गरिएको हो । 

 पक्राउ परेकाहरुबाट नगद पाँच लाख १४ हजार समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिए । पोखरा महानगरपालिका–२, ३, ४ र ९ मा अवैध सुनचाँदी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । 

पक्राउ पर्नेमा ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार, ४५ वर्षीय मनिकलाल आदक, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्ज्वल भोमिक, ३५ वर्षीय सन्दिप ढाव, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षीय गोविन्दा दिण्डा र ४९ वर्षीय प्रोभास माझी रहेका छन् ।

उनीहरूबाट चार सय ४४ तोला चाँदी समेत बरामद भएको प्रहरी उपरीक्षक ओलीयाले बताए। बरामद गरिएको सुनको बजार मूल्य रु ११ करोड एक लाख रहेको छ ।

पक्राउ परेकाहरुलाई बरामद सुन, चाँदी र नगदसहित आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटबल पठाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ६ : ४५ बजे

पहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग

तीन वर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै

सिरहा– सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पक्की पुल

सानिमा बैंकले बढायो नाफा

काठमाडौं– अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आव ०८१/८२ मा

श्रावणको अन्तिम सोमबार पशुपतिमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– साउन महिना भगवान् शिवको महिना मानिन्छ, र सोमबार शिवजीको

१४ वर्षमा पनि बनेन कमला नदीको पुल

सिरहा – सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पक्की