ख्याकुवाका एक सय ७५ घरमा खानेपानीको पहुँच  « Khabarhub

ख्याकुवाका एक सय ७५ घरमा खानेपानीको पहुँच 


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– पनौती नगरपालिका–११ स्थित ख्याकुमा ख्याकु–देवीखोला खानेपानी आयोजना निर्माण सम्पन्न गरी एक सय ७५ परिवारलाई खानेपानी उपलब्ध गराइएको छ । खानेपानी आयोजना तथा सरसफाइ उपभोक्ता समितिलाई ‘सफा र स्वच्छ’ समुदाय घोषणासमेत गरी आयोजना समुदायलाई हस्तान्तरण गरिएको हो । 

उक्त खानेपानी आयोजनाअन्तर्गत विद्यालय र मन्दिरसहित एक सय ७५ घरमा खानेपानीको धारा जडान गरिएको समितिले जनाएको छ । ख्याकु, बेँसीगाउँ, महन्तटोल, महतटोल र घैँडाँडाबाट स्कुलसम्मका बस्ती अब सुरक्षित र  खानेपानी सेवाबाट प्रत्यक्ष लाभान्वित भएको घोषणा गरिएको हो । 

कुल रु ८३ लाख ४८ हजारको लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ । उक्त आयोजनाका लागि नेपाल स्वास्थ्यका लागि खानेपानी(नेवा)बाट रु ४२ लाख ४१ हजार ७००, पनौती नगरपालिकाबाट रु १६ लाख ९१ हजार ४०० र उपभोक्ताको श्रमदानबाट रु २४ लाख १४ हजार ८०० खर्चिएको आयोजनाका अध्यक्ष मोहन थापाले जानकारी दिए ।

यसअघि गत हप्ता पनौती नपा–११ कै बल्थलीमा २०८१ असोजको बाढीपहिराले क्षतिग्रस्त खानेपानी आयोजना पुनर्निर्माण गरी एक सय ९५ परिवारलाई पुनः खानेपानी उपलब्ध गराइएको थियो । बाढीपहिरोले क्षति पुर्याएको उक्त नेपाने–फ्याङखोला खानेपानी तथा सरसफाइ योजनालाई ‘ग्राभिटी सिष्टम’मार्फत पुनर्निर्माण गरी बल्थलीका दुई बस्तीका उपभोक्तालाई पुनः खानेपानी उपलब्ध गराइएको हो ।
 
बल्थलीस्थित नेपानेका एक सय २३ र डाँडागाउँका ७२ घरपरिवार पुनः ‘एक घर–एक धारा’ कार्यक्रममा जोडिएका हुन् । विसं २०४७ मा निर्माण उक्त आयोजना २०७२ सालको विनाशकारी भूकम्प र गत असोजको बाढीपहिराले क्षति पुर्‍याएपछि दाता संस्थाको सहयोगमा आर्थिक सहयोगमा पुनर्निर्माण गरी उपभोक्तालाई सहज बनाइएको थियो । 

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ०५ बजे

कङ्गोमा इबोला सङ्क्रमण बढ्दै

एजेन्सी– डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा

एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन

काँक्रेविहार– कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारी यातायात कार्यालयबाट चालु

प्रधानमन्त्री शाह काठमाडौं प्रस्थान

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ आएका

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी– कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई उत्पादनका आधारमा

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

एजेन्सी– पाकिस्तान र इरानले क्षेत्रीय शान्ति, संवाद र कूटनीतिमा आ–आफ्नो