एथलेटिक क्लबविरुद्ध आर्सनलको सहज जित « Khabarhub

एथलेटिक क्लबविरुद्ध आर्सनलको सहज जित


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्सनले  स्पेनको एथलेटिक क्लब बिल्वाओविरुद्ध ३–० को सहज जित निकालेको छ । इङ्लिस क्लब आर्सनले प्रि–सिजन मैत्रीपूर्ण खेल (इमिरेट्स कप) बिल्वाओबिरूद्द ३–० को सहज जित निकालेको हो ।

इमिरेट्स रंगशालामा घरेलु टोली आर्सनललाई जित दिलाउन भिक्टर ग्योकेरेस, बुकायो साका र काइ हाभर्टेजले गोल गरेर योगदान गरेका थिए । जसअनुसार  पहिलो हाफको ३४औं मिनेटमा ग्योकेरेसको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो भने त्यसको दुई मिनेटपछि नै साकाले टोलीको लागि दोस्रो गोल गरिदिए ।

उता, दोस्रो हाफमा हाभर्टेजले ८२ औं मिनेटमा गोल गर्दा आर्सनलले ३–० को सहज जित दर्ता गर्न सफल भयो ।  यससँगै आर्सनलले प्रि–सिजन टुरको अन्त्य गरेको छ । प्रि–सिजनमा आर्सनलले पाँच खेल खेल्दा यसअघि तीन जित र एक हारको नतिजा निकालेको थियो ।

अब आर्सनलले अगस्ट १७ मा म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्दै प्रिमियर लिगको सुरुआत गर्नेछ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ३६ बजे

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

पनौतीको त्रिवेणीमा स्नान गर्दै स्वस्थानीका व्रतालु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका व्रतालुहरूले आज काभ्रेको

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप