भूमिसम्बन्धी विधेयकको प्रतिवेदन समितिमा पेस « Khabarhub

भूमिसम्बन्धी विधेयकको प्रतिवेदन समितिमा पेस


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पेश गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा मन्त्रालयले विधेयकमाथि समितिमा भएको छलफलका आधारमा विधेयकको प्रतिवेदन पेश गरेको हो । 

प्रतिवेदनमा निश्चित उपयोगका लागि सम्बन्धित निकायबाट कानुन बमोजिम अनुमति प्राप्त गर्दा जग्गा उपयोग सम्बन्धी डीपीआर र सम्बन्धित निकायबाट स्वीकृत भएको वातावरणीय अध्ययन प्रतिवेदनको प्रमाणित प्रतिवेदन पेस गर्नुपर्ने लगायत उल्लेख गरिएको छ भने सरकारले स्वीकृति दिएको हदभित्रको जग्गा वा घडेरीमा घर वा आवास इकाई निर्माण गरी बिक्री गर्न सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

बैठकमा सांसदहरूले समितिमा भएको छलफल बाहेकका विषयलाई समेत मन्त्रालयले प्रतिवेदनमा राखेको भन्दै आपत्ति जनाएका थिए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वातावरणीय अध्ययन प्रतिवेदनका विषयमा कुनै आशंका नगर्न आग्रह गरे । दफावार छलफलका क्रममा टुङ्गिएका र सहमति भएका विषयलाई नै मन्त्रालयले प्रतिवेदन बनाएर लिएर आएको उनको भनाइ छ ।

समिति सभापति कुसुमदेवी थापाले विधेयकको प्रतिवेदनका सन्दर्भमा भाषागत रूपमा नमिलेका र छुटेका विषयहरू अध्ययन गरेर आउन सदस्यहरूलाई आग्रह गरिन् । 

अर्को बैठकमा अन्तिम छलफल गरेपछि भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई पारित गर्ने समितिको तयारी छ । 

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ५ : ३४ बजे

रविलाई जिम्मा लगाएर हिँडे बालेन, केन्द्रीय सदस्यको निर्वाचनपछि सचिवालय र पदाधिकारीको निर्णय हुने

काठमाडौं- यही आइतबारदेखि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेता चितवनमा

पूर्वाधार विकास समितिका अध्यक्ष गजुरेलको केन्द्रीय सदस्यमा उम्मेदवारी, पाँच एजेन्डा अघि सारे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वाधार विकास समितिका अध्यक्ष

आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

एजेन्सी– अमेरिकाको क्यालिफोर्निया राज्यका एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई देशभरका

वीरेन्द्रनगर नगरपालिकाको बजेट चार अर्ब ७१ करोड

काँक्रेविहार– कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका