इजरायल-नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने राजदूत आरीबासको प्रतिबद्धता | Khabarhub Khabarhub

इजरायल-नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने राजदूत आरीबासको प्रतिबद्धता


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरीबासले इजरायल–नेपाल सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै यसलाई थप उचाइमा पुर्‍याउन आफू प्रतिबद्ध रहेको बताएका छन्  । 

इजरायलमा अध्ययन गरेको नेपालीहरूको संस्था सलोम क्लबले आइतबार आयोजना गरेको कार्यक्रममा उनले कठिन समयमा रहेको इजरायललाई नेपालले सधैँ नैतिक समर्थन गर्दै आएकामा आभार व्यक्त गर्दै आफ्नो मुलुकले पनि नेपाललाई भरपर्दो मित्रका रूपमा व्यवहार गर्दै आएको बताए  ।

राजदूत आरीबासले शिक्षा, स्वास्थ्य, कृषि विकास, श्रम र सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा नेपाललाई यथाशक्य सहयोग गर्दै आएको र त्यो भविष्यमा पनि निरन्तर रहने बताउँदै निकट भविष्यमा एक हजार नेपाली श्रमिक इजरायल जान लागेका जानकारी दिए । दुवै देशका सरकारी अधिकारी नेपाली श्रमिकलाई इजरायल पठाउने प्रक्रिया पूरा गर्ने चरणमा रहेका उनले बताए ।

क्लबका अध्यक्ष प्राध्यापक भीमप्रसाद श्रेष्ठले नेपाल र इजरायलबीचको जनस्तरको सम्बन्ध सेतुका रूपमा क्लबले काम गरिरहेको बताए । रासस

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ५ : ४० बजे

चितवनका तीन जनामा देखियो जापानिज इन्सेफलाइटिस

चितवन– सन् २०२५ मा हालसम्म चितवनका तीन जनामा जापानिज इन्सेफ्लाइटिस

एक वर्षे उपलब्धिको फेहरिस्त सुनाउँदै प्रधानमन्त्रीले भने- कुरा काट्ने काटिरहुन्, सरकार काम गर्दैछ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलले आफू नेतृत्वको सरकार बनेपछिको १४

रूपन्देही उपनिर्वाचन : विरासत जोगाउने ध्याउन्नमा राप्रपा, बदला लिने ‘मुड’ मा कांग्रेस

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनको नतिजा

ऊर्जामन्त्री खड्कासँग एमसीसीका सहायक उपाध्यक्षको भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग अमेरिकी अनुदान सहयोग