टी–२० बरियतामा नेपाल तल झर्‍यो | Khabarhub Khabarhub

टी–२० बरियतामा नेपाल तल झर्‍यो


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टी–२० वरियतामा नेपाल एक स्थान तल झरेको छ । बुधबार सार्वजनिक भएको नयाँ वरियता अनुसार नेपाली क्रिकट टोली १२ औं स्थानमा रहेको छ ।

नेपाली क्रिकेट टोलीले १९४ रेटिङसहित १२ औं स्थानमा ओर्लिएको हो । यसअघि ११ औं स्थानमा रहेको नेपाली टोली एक स्थान तल झरेको हो । तर, अहिले स्कटल्यान्ड ११ औं स्थानमा उक्लिएको छ ।

टी–२० बरियताको शिर्ष स्थानमा पाकिस्तान रहेको छ भने दोस्रो स्थानमा इग्ल्यान्ड तेस्रो स्थानमा दक्षिण अफ्रिका चौथो स्थानमा भारत र पाँचौ स्थानमा अस्ट्रेलिया रहेको छ ।

व्यक्तिगत तर्फ ब्याटिङको बरियतामा नेपाली टोलीका कप्तान पारस खड्का ६६ औं स्थानमा एथावत रहेका छन भने अलराउण्डरमा २७ औं स्थानमा छन् । अलराउण्डरमा सोमपाल कामी ६७ औं स्थानमा छन् ।

बलिङमा बसन्त रेग्मी ७३ औं स्थानमा पुगेका छन् भने सोमपाल कामी ७८ औं स्थानमा पुगेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ११ : ०१ बजे

एकीकृत समाजवादीको कार्णली प्रदेश अधिवेशन : ५७५ प्रतिनिधि निर्वाचित

काठमाडौं– नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि

२०५६ सालयताका कक्षा ११ र १२ का विद्यार्थीलाई मौका परीक्षाको व्यवस्था (सूचनासहित)

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०५६ सालयताका कक्षा ११ र १२

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक

कांग्रेस सभापति देउवा आज डडेल्धुरा जाँदै

काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज गृहजिल्ला

साल्टको शतकमा वेस्ट इन्डिजमाथि इंग्ल्याण्डको शानदार जित

काठमाडौं – फिल साल्टको शानदार शतकमा इंग्ल्याण्डले वेस्ट इन्डिजसँगको पहिलो