भौतिक मन्त्रालयद्वारा रुग्ण ठेक्का व्यवस्थापनबारे छलफल « Khabarhub

भौतिक मन्त्रालयद्वारा रुग्ण ठेक्का व्यवस्थापनबारे छलफल


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रुग्ण ठेक्का व्यवस्थापनबारे छलफल सुरु भएको छ । सडक विभागको गत आर्थिक वर्षको कार्यसम्पादन समीक्षापछि रुग्ण ठेक्का व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भएको हो । 

मन्त्री देवेन्द्र दाहालले रुग्ण ठेक्का व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएको जानकारी दिए । ‘देशभरिका कार्यालय प्रमुखहरू काठमाडौँ आएको समय पारी मसिनो गरी रुग्ण ठेक्का व्यवस्थापनका बारेमा छलफल गरिएको हो’, उनले भने, ‘बजेट कार्यान्वयन गर्न उहाँहरूलाई धेरै दिन काठमाडौँमा राख्न उपयुक्त हुँदैन, त्यसैले बिदाको दिन पनि छलफल गरेका हौँ ।’

वार्षिक समीक्षा गोष्ठीमा समेत मन्त्री दाहालले रुग्ण ठेक्का व्यवस्थापन र बेरुजु फर्छ्योटलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका थिए । 

आयोजनाहरू सुरु हुने तर निर्धारित समयमा नै पूरा नभई वर्षौँ अलपत्र हुने अवस्थाको अन्त्यका लागि मन्त्री दाहालले कार्यभार सम्हाले देखिनै विशेष चासो राख्दै आएका छन् । 

अन्य मन्त्रालय तथा कार्यालयभन्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्य क्षेत्र समेत फरक रहेका कारण बिदाका दिन अनिवार्य छुट्टी बस्ने सुविधा नहुने मन्त्रालयका सचिव केशवकुमार शर्मा बताए । 

‘सडकका कर्मचारीले १०ः०० बजेदेखि ५ः०० बजेसम्म काम गरेर पुग्दैन, जुनसुकै बेला पनि फिल्डमा खटिन तयार हुनुपर्छ’, उनले भने, ‘त्यसैगरी चालु आर्थिक वर्षका लागि कर्मचारीहरू कार्यालयमा जानुअघि रुग्ण ठेक्का व्यवस्थापनमा विशेष ध्यान दिँदै निकासका लागि सहजीकरण गर्न बिदाका दिन पनि काम गरिएको हो ।’

चार सङ्घीय सुपरीवेक्षण तथा अनुगमन कार्यालय तथा विभिन्न आयोजनामा रहेका रुग्ण ठेक्का व्यवस्थापनका लागि छलफल गरिएको हो । छलफलमा सडक विभागका महानिर्देशक डा विजय जैसी, उपमहानिर्देशकहरु, आयोजना प्रमुखहरू तथा विभिन्न कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो । रासस

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ७ : ४५ बजे

मतदान सकिएको २ घण्टाभित्र परिणाम आइसक्ने दाबी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा मतदान सकिएको २ घण्टाभित्रमा

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो

जनकपुरधाम– मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि

अशक्तलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै

रास्वपा महाधिवेशन : निर्वाचनअघि हलभित्रै नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका