पहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । 

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र काभ्रेभिरमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक विशाल दर्जीले सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनाका निर्माण व्यवसायीहरूको डोजर परिचालन गरेर खुलाउने प्रयास भइरहेको बताए । 

वर्षा नरोकिएको र निरन्तर पहिरो खसेकाले सडक खुुलाउन समस्या भएको उनले बताए । सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्ला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सिधा यातायात सम्पर्क टुटेको छ । प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा बन्द छ । स्थानीयवासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटकहरू प्रभावित भएका छन् । रासस

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ११ : २४ बजे

‘जलवायु संकट समाधानमा अन्तरदेशय सहकार्य आवश्यक’

काठमाडौं–  जलवायु परिवर्तनविज्ञहरूले हिम जलाधार क्षेत्रमा बढ्दो जोखिम र सम्भावित

बौद्धमा मनाइयो रोपाई जात्रा तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बौद्धमा सोमबार रोपाई जात्रा धुमधामका साथ सम्पन्न भएको

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध भ्रष्टाचार मुद्दामाथि सुनुवाइ

ढाका- बङ्गलादेशको एक अदालतले पूर्व राष्ट्रपति शेख हसिना र संयुक्त

कुलिङ पिरियडमा गडबडीको छानबिन प्रतिवेदन कार्यान्वयनबारे सभामुखले थाले छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८०

अर्की टिकटकर पनि फिल्ममा डेब्यू गर्दै

काठमाडौं – टिकटकबाट चर्चामा आएर ठूलो पर्दाको अभिनयमा होमिने कलाकारको