बन्दुक बोकेको फोटो राख्दै महराका दुई छोराले लेखे– 'क्रान्तिकारीहरुसँग फेरि भेट हुने छ' | Khabarhub Khabarhub

बन्दुक बोकेको फोटो राख्दै महराका दुई छोराले लेखे– ‘क्रान्तिकारीहरुसँग फेरि भेट हुने छ’


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कारको आरोप लागेसँगै सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महारका दुई छोरा निर्मल र राहुलले आफ्ना बुवाको इतिहास समाप्त पार्न विदेशी शक्तिको चलखेल देखिएको बताएका छन् ।

कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएको दिन हिजो(मंगलबार) राति सामाजिक सञ्जालमा हतियारसहितको फोटो राख्दै निर्मल र महराले लेखेका छन्,‘बुख्याचाहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्ता पार्ने विदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरु पनि । यसले राजनीतिमा अझ कान्तिकारी बन्न सबक दिएको छ ।’ उनले अगाडि लेखेका छन्,‘शिक्षा लिएर जनताको पक्षमा अगाडि बढ्ने प्रेरणा मिलेको छ । समयले नयाँ बाटो पकड भन्ने शन्देश दिएको छ, क्रान्तिकारीहरुसँग फेरि भेट हुनेछ ।’

तत्कालिन माओवादी सशस्त्र द्वद्वको बेलाको फोटो राख्दै उनीहरुले लेखेको फेसबुक स्टाटस यस्तो छ–

‘राजनैतिक इतिहासमा जनताकै पक्षमा अपूर्व त्याग गरियो, अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्न्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ ।

आज व्यक्ति होइन, आस्था र विचारको धरोहर सम्झेर महरा सरको चिन्ता गर्ने, सामाजिक सञ्जालमा दृढतापूर्वक लड्ने, फोन खबरमा सम्झिने, पार्टी सङ्गठनद्वारा चिन्ता व्यक्त गर्ने, र मिडिया मार्फत सहयोग पुर्याई षड्यन्त्रको भन्डाफोर गर्न सहयोग पुर्याउने सञ्चारकर्मी, नेता, कार्यकर्ता, युवा, विद्यार्थी, विपक्ष दलका मित्रहरु चिन्ने मौका मिलेको छ । असली मित्र चिन्ने ठूलो मौका पनि मिलेको छ ।

बुख्याँचाहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्ने विदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरु पनि । यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको छ, शिक्षा लिएर जनताको पक्षमा अगाडि बड्न्ने प्रेरणा मिलेको छ । समयले नयाँ बाटो पकड भन्ने शन्देश दिएको छ, क्रान्तिकारीहरु सँग फेरि भेट हुने छ ।’

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १२ : १६ बजे

आजका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माओवादी अध्यक्ष प्रचण्डबाट श्रमिक दिवसको शुभकामना

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय श्रमिक

भूमिहीनलाई व्यवस्थित गर्न आयोग र पालिका सक्रिय

बैतडी– राष्ट्रिय भूमि समस्या समाधान आयोगले बैतडीका दशवटै स्थानीय तहमा

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

मकवानपुर– हरेक वर्ष चट्याङका कारण जनधनको क्षति भइरहेको मकवानपुरको राक्सिराङ

मुलुकको विकासमा श्रमिकहरूको योगदान अतुलनीय : उपराष्ट्रपति 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकार र श्रमिक वर्गबीच समन्वयको वातावरण