बन्दुक बोकेको फोटो राख्दै महराका दुई छोराले लेखे– ‘क्रान्तिकारीहरुसँग फेरि भेट हुने छ’ « Khabarhub

बन्दुक बोकेको फोटो राख्दै महराका दुई छोराले लेखे– ‘क्रान्तिकारीहरुसँग फेरि भेट हुने छ’


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कारको आरोप लागेसँगै सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महारका दुई छोरा निर्मल र राहुलले आफ्ना बुवाको इतिहास समाप्त पार्न विदेशी शक्तिको चलखेल देखिएको बताएका छन् ।

कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएको दिन हिजो(मंगलबार) राति सामाजिक सञ्जालमा हतियारसहितको फोटो राख्दै निर्मल र महराले लेखेका छन्,‘बुख्याचाहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्ता पार्ने विदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरु पनि । यसले राजनीतिमा अझ कान्तिकारी बन्न सबक दिएको छ ।’ उनले अगाडि लेखेका छन्,‘शिक्षा लिएर जनताको पक्षमा अगाडि बढ्ने प्रेरणा मिलेको छ । समयले नयाँ बाटो पकड भन्ने शन्देश दिएको छ, क्रान्तिकारीहरुसँग फेरि भेट हुनेछ ।’

तत्कालिन माओवादी सशस्त्र द्वद्वको बेलाको फोटो राख्दै उनीहरुले लेखेको फेसबुक स्टाटस यस्तो छ–

‘राजनैतिक इतिहासमा जनताकै पक्षमा अपूर्व त्याग गरियो, अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्न्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ ।

आज व्यक्ति होइन, आस्था र विचारको धरोहर सम्झेर महरा सरको चिन्ता गर्ने, सामाजिक सञ्जालमा दृढतापूर्वक लड्ने, फोन खबरमा सम्झिने, पार्टी सङ्गठनद्वारा चिन्ता व्यक्त गर्ने, र मिडिया मार्फत सहयोग पुर्याई षड्यन्त्रको भन्डाफोर गर्न सहयोग पुर्याउने सञ्चारकर्मी, नेता, कार्यकर्ता, युवा, विद्यार्थी, विपक्ष दलका मित्रहरु चिन्ने मौका मिलेको छ । असली मित्र चिन्ने ठूलो मौका पनि मिलेको छ ।

बुख्याँचाहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्ने विदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरु पनि । यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको छ, शिक्षा लिएर जनताको पक्षमा अगाडि बड्न्ने प्रेरणा मिलेको छ । समयले नयाँ बाटो पकड भन्ने शन्देश दिएको छ, क्रान्तिकारीहरु सँग फेरि भेट हुने छ ।’

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १२ : १६ बजे

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई