सरोकारवालाको प्रश्न, गभर्नरको जवाफ
इन्स्टिच्युट फर स्ट्राटेजीक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) ले दरबारमार्गस्थित पेभेलियन हलमा शुक्रबारआयोजना गरेको ‘अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंकको भूमिका’ विषयक नीति संवाद कार्यक्रममा आर्थिक क्षेत्रका सरोकारवालाले राष्ट्र बैंकका गभर्नर विश्व पौडेलसँग केही जिज्ञासाहरु राखे । गभर्नर पौडेलले सबै जिज्ञासाको जवाफ दिए ।

उद्योगी, व्यवसायी, विभिन्न क्षेत्रका विज्ञ र सरोकारवालाको उपस्थितिमा आयोजना गरिएको सो कार्यक्रममा गभर्नर प्रा.डा विश्वनाथ पौडेलले पछिल्लो अवस्थाको अर्थतन्त्रको परिदृष्य र आगामी भूमिकाको विषयमा आफ्नो विचार प्रस्तुत गरेका थिए ।
गभर्नरको विचारपछि कार्यक्रममा सहभागी सरोकारवालाहरूले नेपालको अर्थतन्त्रसँग जोडिएका विभिन्न प्रश्नहरू गभर्नरसमक्ष प्रस्तुत गरे । सहभागीहरूले गभर्नरसमक्ष विशेषतः ठूला बैंकहरूमाथि अन्तर्राष्ट्रिय निकायबाट गर्न लागिएको परीक्षण, बैंकिङ क्षेत्रमा देखिएको अधिक तरलता, कालोसूची, चेक बाउन्स, बैंकिङ सुशासन लगायतका विषयमा आफ्नो धारणा तथा प्रश्नहरू राखेका थिए ।
सामसुङले सुरु गर्यो स्मार्टफोन मर्मतका लागि ‘सामसुङ मनसुन क्याम्प’
नाडा अटो शो २०२५ प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
सिटिजन्स बैंकको नाफा २ प्रतिशतले घट्यो
२७ अंकले घट्यो नेप्से, कारोबार कति ?
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९० अंकले घटेको छ । सोमबार नेप्से ०.९७ प्रतिशतले घटेर २८२२.४६ विन्दुमा आएको छ ।
नेप्से घट्दा १० अर्ब २१ करोड १ लाख ४२ हजार रुपैयाँ बराबरको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा ३० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२० वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
सोमबार ३२४ वटा कम्पनी कारोबारमा आउँदा ९८ हजार ५२५ कित्ता शेयर कारोबार भएको छ । १३ समूह मध्ये सोमबार म्युचुअल फण्ड र अन्य समूह बाहेक सबै समूह राताम्य भएको छ ।
शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक
सिक्लेस हाईड्रोपावरले १५ प्रतिशत बोनस दिने, हकप्रद पनि जारी गर्ने
मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा ४८ प्रतिशतले बढ्यो
प्राधिकरणसामु ईप्पानले राख्यो ११ बुँदे माग, हितेन्द्रले भने- सञ्चालक समितिमा प्रस्ताव लैजान्छु
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसामु ११ बुँदे माग राखेको छ ।
ईप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको प्रतिनिधि मण्डलले सोमवार कार्यकारी निर्देशक शाक्यलाई भेट्दै विगतदेखि नै उठाउँदै आएका मागहरू छिटो पुरा गरिदिन आग्रह गरेको हो ।

वरिष्ठ उपाध्यक्ष डाँगीले ईप्पानले लामो समयदेखि उठाउँदै आएका आरसिओडीको म्याद थपदेखि कन्टिन्जेन्सीको व्यवस्था खारेज गर्ने सम्मका ११ वटा मागको सुनुवाइ नभएको भन्दै उक्त मागका बारेमा प्राधिकरणको जवाफ माग गरेका थिए ।
ईप्पानले उठाएका विषयहरूमा आरसीओडी म्याद थप गर्ने, खेर जाने विद्युतको व्यवस्थापन र कन्टिन्जेन्सी व्यवस्था खारेज गर्ने, बिना सर्त २८ हजार ५०० मेगावाटको लक्ष्य हासिल गर्न पीपीए खुलाउनुपर्ने तथा १० मेगावाटसम्मको पीपीएलाई यथाशिघ्र सुचारु गर्नुपर्ने, प्राधिकरणले ५ हजार मेगावाटको लागि पीपीए खुला गर्दा राखेका सर्तहरू हटाउनुपर्ने, हाइड्रोलोजी पेनाल्टी खारेज गर्नुपर्ने, प्रसारणलाइनका कारण आयोजनामा पर्ने असरको सम्बोधन गर्नुपर्ने, टेक एण्ड पे पीपीए खारेज हुनुपर्ने, पोस्टेड रेट उपलब्ध गराउनुपर्ने, इनर्जी टेबल परिमार्जन गर्नदिनुपर्ने, एक्सेस इनर्जीको व्यवस्थापन गर्नुपर्ने, प्रसारणलाइनको लस हटाउनुपर्ने र जलविद्युतबारे विद्युत् प्राधिकरणको आधिकारिक धारणा (सोलार र ब्यार्टी भएपछि जलविद्युत आवश्यक नपर्ने भनाईबारे स्पष्टता) दिनुपर्ने लगायतका मागहरू थिए ।
नेपाल-अष्ट्रेलिया सम्बन्ध ६५ वर्षमा : हरित ऊर्जा र सहकार्यका नयाँ सम्भावनामा एकमत
‘राज्यको सञ्चित कोषबाट रकम नजुट्दा पूर्वाधार निर्माणको समस्या समाधान गर्न विधेयक महत्वपूर्ण’
प्रतिक्रिया