ताप्लेजुङ गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा « Khabarhub

ताप्लेजुङ गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – चर्च ब्वाइज क्लब ललितपुर ताप्लेजुङमा जारी अन्तरराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

आज भएको तेस्रो क्वाटर फाइलनमा भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुढीलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनल प्रवेश गरेको हो । खेलको १० औँ मिनेटमा चर्च ब्वाइजका मनिष जर्घाले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो ।

आजको विजेता चर्च ब्वाइजले बुधबार हुने पहिलो सेमिफाइनलमा सुनसरीसँगको भेट पक्का गरेको छ । शनिबारदेखि सुरु खेलमा सुनसरीको द योङ ब्रदर्श क्लब र झापाको रेडस्टार फुटबल क्लबले विजयी सुरुआत गर्दै सेमिफाइनलको यात्रा तय गरिसकेका छन् ।

आइतबार भएको दोस्रो क्वाटर फाइनलमा पोखराको सहारा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा पुगेको थियो भने शनिबारको पहिलो उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सुनसरी सेमिफाइनलमा प्रवेश गरेको हो ।

भोलि मङ्गलबार हुने क्वाटर फाइनलको अन्तिम खेलमा सिरहाको सलहेश युवा क्लब र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले बिहीबार हुने दोस्रो सेमिफाइनलमा झापासँग प्रतिस्पर्धा गर्नेछ ।

लाखे जात्राका अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित प्रतियोगितामा यस पटक आठ टिमको सहभागिता छ । प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुनेछ । प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार ८२ र उपविजेताले रु तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ८ : १३ बजे

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

एजेन्सी– मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा

‘सार्वजनिक ऋणको बारेमा जनताले थाहा पाउनुपर्छ’

सार्वजनिक ऋण भनेको सरकारको ऋण हो हामीले किन थाहा पाउनुपर्यो

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि

शिक्षामन्त्रीको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइमा समस्या हुँदैन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा