ताप्लेजुङ गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा « Khabarhub

ताप्लेजुङ गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – चर्च ब्वाइज क्लब ललितपुर ताप्लेजुङमा जारी अन्तरराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

आज भएको तेस्रो क्वाटर फाइलनमा भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुढीलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनल प्रवेश गरेको हो । खेलको १० औँ मिनेटमा चर्च ब्वाइजका मनिष जर्घाले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो ।

आजको विजेता चर्च ब्वाइजले बुधबार हुने पहिलो सेमिफाइनलमा सुनसरीसँगको भेट पक्का गरेको छ । शनिबारदेखि सुरु खेलमा सुनसरीको द योङ ब्रदर्श क्लब र झापाको रेडस्टार फुटबल क्लबले विजयी सुरुआत गर्दै सेमिफाइनलको यात्रा तय गरिसकेका छन् ।

आइतबार भएको दोस्रो क्वाटर फाइनलमा पोखराको सहारा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा पुगेको थियो भने शनिबारको पहिलो उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सुनसरी सेमिफाइनलमा प्रवेश गरेको हो ।

भोलि मङ्गलबार हुने क्वाटर फाइनलको अन्तिम खेलमा सिरहाको सलहेश युवा क्लब र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले बिहीबार हुने दोस्रो सेमिफाइनलमा झापासँग प्रतिस्पर्धा गर्नेछ ।

लाखे जात्राका अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित प्रतियोगितामा यस पटक आठ टिमको सहभागिता छ । प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुनेछ । प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार ८२ र उपविजेताले रु तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ८ : १३ बजे

साइबर ब्युरो भएको भवन महानगरपालिकालाई दिने गृहको सहमति  

काठमाडौं– गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्युरो

वित्तीय समावेशीकरण सूचकाङ्कमा सुधार

काठमाडौं– नेपालमा वित्तीय सेवामा पहुँच, प्रयोग र गुणस्तरमा उल्लेखनीय सुधार

‘नेपाललाई युक्रेन बनाउन भदौमा विध्वंश मच्चाइयो, निर्वाचनबाट ‘जेलेन्स्की’ ल्याउन खोजिँदैछ’

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सबैसँग समन्वय गर्न गृहमन्त्री अर्यालको निर्देशन

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरस्थित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय