प्रधानमन्त्री भन्छन् : युवाहरूले घमण्ड त्याग्नुपर्छ « Khabarhub

प्रधानमन्त्री भन्छन् : युवाहरूले घमण्ड त्याग्नुपर्छ


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलले व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय आत्मविश्वासमा रुपान्तरण गर्नुपर्ने बताएका छन् ।

अनलाइनखबर डटकमद्वारा आज आयोजित ‘चालीस मुनीका चालीस’ युवालाई सम्मान कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैको आत्मविश्वास, प्रतिभा र मेहनतलाई जोडेर नेपालले तीव्रताका साथ सम्पन्नता हासिल गर्दै मानवीय गुणवत्तामा पनि अग्रता लिने विश्वास व्यक्त गरे ।

“युवाहरुले आफ्नो रुचि र प्रतिभालाई चिन्न सक्नुपर्छ । सङ्घर्ष गर्नुपरे पनि सहेर हार नखाइकन काम गर्नुपर्छ । एकदिन सफलतामा पुगिन्छ”, प्रधानमन्त्री ओलीले भने, “दुनियाँमा मान्छेहरुले नयाँ नयाँ सुरुवात युवा अवस्थामै गरेका छन् । त्यसपछि क्रमशः आफ्नो क्षेत्रमाा श्रेष्ठता हासिल गर्दै गएका छन् । सामाजिक जीवनका सबै क्षेत्रमा हामीलाई प्रतिभा चाहिन्छ । धेरै योग्य युवामध्येबाट छानिएका तपाईँहरुले भविष्य अझ ठुल्ठुला सफलता प्राप्तितर्फ अगाडि बढ्दै जावोस् ।”

प्रधानमन्त्री ओलीले प्राकृतिकरुपमा उर्बर र ज्ञानभूमि नेपाल विकासमा पछाडि पर्नुपर्ने कुनै कारण नभए पनि पछाडि पर्न गएकामा अब समृद्धिका लागि सबै मिलेर केही गर्ने समय आएको भनाइ राखे ।

उनले भने, “म केही गर्न सक्छु भन्ने आत्मविश्वास हुनुपर्छ । निराशाको बादल छाडेर उत्साह र आशामा लागेका युवाहरु छनोट गर्नु निकै कठिन काम हो । म तपाईँहरुलाई बधाई भन्न चाहान्छु । मेरो भनाइ यत्ति हो, युवाहरुले आफूभित्र घमण्ड पस्न दिन हुँदैन । हरेक मान्छेले आफ्नो आचरण, महेनत र गुणवत्ताको सम्भावनालाई पहिल्याउनुपर्छ ।”

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ११ : ०१ बजे

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम