रोकिएन कालीगण्डकी दोहन | Khabarhub Khabarhub

रोकिएन कालीगण्डकी दोहन


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बर्खायाममा नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने प्रावधान छ। गत असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था विपरीत बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा दोहन भइरहेको छ।

कालीगण्डकी नदीको बागलुङ र पर्वततर्फको दजर्नभन्दा बढी स्थानमा अवैध रूपमा बालुवा निकालिएको छ। स्थानीयको आँखा छल्न क्रसर व्यवसायीले नदीजन्य पदार्थको मध्यरातमा समेत दोहन गरिरहेका छन्।

शनिबार राति ९ बजे सहस्रधारा क्षेत्रको भाटेखोला बगरमा कालीगण्डकीको दोहोन भइरहको थियो। एउटा स्काभेटरले कालीगण्डकीबाट बालुवा निकाल्दै थियो भने पाँच वटा टिपरले बालुवा बोकेर लैजाँदै थिए। बागलुङको भाटेखोला बगर मात्रै हैन एक दर्जन स्थानबाट अहिले नदीजन्य पदार्थको दोहन गरेर नदी छेउमै भण्डारण गरिएको देख्न सकिन्छ।

बर्खाको समयमा उर्लेको कालीगण्डकीले ल्याउने बालुवा अबैद्ध रुपमा सङ्कलन गरी हिउँदभरी उपभोक्तालाई चर्को मूल्यमा बिक्री गर्दै आइरहेका छन्। नदीजन्य पदार्थ रातिमा सङ्कलन गरिरहेका स्थानीय बताउँछन्।

अहिले दोहन भइरहेको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ र भाटेखोला–१३ नम्बर वडाको कालाखोला बगरलगायत स्थानमा दोहन भइरहेको कालीगण्डकी बचाउ अभियानका संयोजक आरके अदिप्त गिरीले बताए। अवैध नदी दोहान भइरहँदा स्थानीय सरकारले कडाइ गर्नुपर्नेमा उनको जोड छ।

म्याग्दी, पर्वत र बागलुङ भएर बग्ने पवित्र कालीगण्डकी दोहोनले शालग्राम शिलासमेत सङ्कटमा परिसकेका गिरीले उल्लेख गरे। पर्वत खण्डमा नदीजन्य पदार्थको बढी दोहोन भइरहेको छ भने बागलुङतर्फको सहस्रधारा पारीको भाटेखोला, खनियाघाट र दब्ल्याङ क्षेत्रमा दोहन भइरहेको उनको भनाइ छ।

असारदेखि भदौ १५ गतेसम्म दोहन गर्न नपाइने कानुनी व्यवस्था भए पनि मध्यबर्खामा नदीजन्य पदार्थ सञ्चित गर्ने समयमा कालीगण्डकी नदीको दोहन भइरहँदा स्थानीय तह, प्रशासन र जिल्ला समन्वय समिति एकले अर्कालाई दोष दिएर पन्छने गरेका गिरीले बताएका छन्।

नदी दोहन रोक्नका लागि पटकपटक नागरिकस्तरबाट भइरहेका प्रयासलाई सम्बन्धित निकायले बेवास्ता गरेको उनको भनाइ छ। उनका अनुसार प्रहरी प्रशासन र स्थानीय तहको मौनताका कारण दोहनले प्रश्रय पाइरहेको हो।

“प्रहरी प्रशासनको मिलेमतोबिना दोहन सम्भव छैन, मालढुङ्गामा प्रहरी छ, नजिकै दोहान भइरहेको छ”, गिरीले भने, “गण्डकी सभ्यता जोगाउन कालीगण्डकीलाई दोहनमुक्त बनाएर संरक्षणको सूचीमा राखौँ।” दोहनलाई प्रश्रय दिँदा कालाखोला बगर कटान भइसकेको छ भने स्थानीय निकायको राजस्व गुमिरहेको छ।

कालीगण्डकीको बीच भागबाट नदी दोहन भइरहँदासमेत बागलुङ र पर्वत जिल्लाका सरोकार भएका निकायले कुनै चासो नदिएका गिरीले गुनासो गरेका छन्। ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ अनुसार नदी तथा खोला किनारबाट ५०० मिटर टाढा मात्रै ढुङ्गा, गिटी, बालुवा उत्खनन गर्न पाइने व्यवस्था भए पनि नदीको बीच भागबाटै दोहन भइरहेको उनको भनाइ छ।

गिरीले सभ्यताको सूचक मानिने कालीगण्डकी नदी नासिनु भनेको हाम्रो मानव सभ्यता नासिनु जस्तै भएको सुनाए। पारिस्तिथिक प्रणाली खल्बलाउनु र प्राकृतिक सम्पदा नास्ने अधिकार कोही कसैलाई नभएको बताउँदै गिरीले कालीगण्डकी नदी सभ्यता बचाउन सबैले राज्यतहलाई जनदबाब र पैरवी गर्नुको विकल्प नरहेको धारणा राखेका छन्।

नियमविपरीत नदी दोहन जारी राख्दा बागलुङ नगरपालिका–१ स्थित माझी बस्ती, मालढुङ्गा तथा कालाखोला बगर क्षेत्रका घर बाढीको उच्च जोखिममा पर्न थालेका छन्।

नदीजन्य पदार्थको सुरक्षाका लागि प्रहरी परिचालन भए पनि दोहन रोक्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारती स्वीकार गर्छन्। स्थानीय तहले ठेक्का लगाउन नसक्ने, राजस्व गुम्ने डरलगायत कारणले दोहन नरोकिएको बताउँदै उनले नयाँ रणनीति बनाएर नदी दोहन भइरहेको स्थानमा सादा पोषाकमा प्रहरी परिचालन गर्ने योजना रहेको जानकारी दिए।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ७ : ५७ बजे

करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं– काठमाडौं महानगरपालिका-१७ पुरानो ढल्कु बस्ने ६२ वर्षीय दिलकुमार पुजारीको करेन्ट लागेर

जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ सिम्ले

हङकङको साम्पाङ जुम्लेखामा नारायण 

हङकङ- किरात साम्पाङ राई जुम्लेखा हङकङको छैटौँ अधिवेशनले नारायणप्रसाद राईको

तारकेश्‍वरबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

काठमाडौं– तारकेश्‍वर नगरपालिका-२ स्थित ढकालटारमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने नुवाकोट

तेह्रथुम पावरको शेयर लिलामी बिक्रीमा 

काठमाडौं– तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर लिलामी बिक्रीमा खुल्ला गरिएको