हलिउड फिल्मको गुणस्तर घटेको ज्याकी च्यानको खुलासा « Khabarhub

हलिउड फिल्मको गुणस्तर घटेको ज्याकी च्यानको खुलासा


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक्शन सुपरस्टार ज्याकी च्यानले आधुनिक हलिउड फिल्मको गुणस्तरमा गिरावट आएको बताएका छन्।

स्विट्जरल्याण्डमा सम्पन्न लोकार्नो फिल्म फेस्टिभलको ७८ औं संस्करणमा क्यारियर लेपर्ड अवार्ड प्राप्त गर्दै उनले यो विषयमा आफ्नो विचार राखेका थिए।

ज्याकीले भने, “पुराना फिल्महरू आजका भन्दा राम्रो थिए। अहिले ठूला स्टुडियोहरू फिल्म बनाउने भन्दा बढी पैसा कमाउने कुरामा ध्यान दिन्छन्। उनीहरूले करोडौं लगानी गरेर कसरी फिर्ता पाउने भन्ने सोचमा हुन्छन्। यसले सिर्जनात्मकतालाई असर पुर्‍याएको छ र राम्रो फिल्म बनाउनु चुनौतीपूर्ण बनेको छ।”

ज्याकी च्यानको करियर ७० को दशकमा हङकङबाट सुरु भएको थियो। उनी पहिले पृष्ठभूमि कलाकार थिए र पछि मुख्य कलाकार बने। ८० को दशकमा उनी चिनियाँ सिनेमा क्षेत्रमा एक्शन कमेडी विधाका चर्चित कलाकार बने। त्यसपछि उनले हलिउडमा ‘रम्बल इन द ब्रोंक्स’, ‘रश आवर’, र ‘शाङ्घाई नून’ जस्ता सफल फिल्म दिएका छन्।

उनका फिल्महरूले विश्वभर करिब ६ अर्ब डलरभन्दा बढी आम्दानी गरेका छन्। उनले धेरै जोखिमपूर्ण स्टन्ट आफैं गरेका छन्, जसले उनलाई विश्वकै एक चर्चित मार्शल आर्टिस्ट र कलाकार बनाएको छ।

ज्याकी च्यानले आफ्नो अनुभवसहित नयाँ पुस्तालाई पनि उद्योगमा सिर्जनशीलता र जोखिम लिन प्रोत्साहित गरेका छन्। उनको यो अभिव्यक्तिले फिल्म उद्योगमा व्यवसाय र कला बीचको सन्तुलन आवश्यक रहेको विषयलाई पुनः उजागर गरेको छ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ८ : १५ बजे

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम