विश्वासको मत लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँ « Khabarhub

विश्वासको मत लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँ


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा विश्वासको मत लिँदै छन्। अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिन लाग्नुभएको हो। प्रदेशसभाबाट विश्वासको मत लिनेगरी प्रदेशसभाको बैठक बोलाउन प्रदेशसभा सचिवालयसमक्ष जानकारी गराउनुभएको थियो।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधार ४ तथा प्रदेशसभा नियमवाली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिने प्रस्ताव अघि बढाउनुभएको हो।

यसैबीच सत्तारुढ कांग्रेस र एमालेले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन्। कांग्रेस संसदीय दलका सदस्य सचिव मीनकृष्ण महर्जन र एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले सूचना जारी गरी प्रदेशसभाको आजको बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेका हुन्।

नयाँ भवनबाट प्रदेशसभाको बैठक सञ्चालन हुने

बागमती प्रदेशसभाको बैठक आजदेखि प्रदेशसभा सचिवालयको नयाँ भवनमा सञ्चालन हुने भएको छ। भवनको सम्पूर्ण काम सम्पन्न भएर हस्तान्तरण भइसकेको छ। आजबाट नयाँ भवनमा प्रदेशसभाको बैठक सञ्चालन गर्ने तयारी भएको प्रदेशसभा सचिवालयका सचिव पौडेलले जानकारी दिए।

गत २०७७ साल मङ्सिर १० गते शिलान्यास भएर १८ महिनामा सकिनेगरी २०७७ कात्तिकमा प्रदेशसभा भवनको ठेक्का लागेको थियो। तर ठेकेदार कम्पनीको ढिलाइका कारण ठेक्का सम्झौता भएको करिब पाँच वर्षपछि प्रदेशसभा भवन निर्माण सम्पन्न भएको हो।

सहरी विकास तथा भवन कार्यालय हेटौँडा मकवानपुरमार्फत अर्घाखाँची-सगुन-पारामाउन्ट जेभीले पाँच करोड २९ लाखको लागतमा उक्त भवन निर्माण गरेको सहरी विकास तथा भवन कार्यालयका प्रमुख इञ्जिनियर सुवोध अधिकारीले जानकारी दिए।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ८ : ४४ बजे

वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपामा ९ प्रतिशत मात्रै महिला उम्मेदवार  

काठमाडौं– आसन्न निर्वाचनका लागि १ सय ६४ क्षेत्रमा उम्मेदवार दर्ता गर्दा

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित

रास्वपाका उम्मेदवार गणेश र बालेनबीच भेटवार्ता

काठमाडौं– झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह र मोरङ

प्रतिनिधिसभा निर्वाचन : झापामा १५ महिलासहित ९० जना मैदानमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा

चितवनका पुनः स्थापना केन्द्रलाई तीन दिनभित्र विवरण बुझाउन प्रशासनको निर्देशन

काठमाडौं– चितवन जिल्ला प्रशाशन कार्यालयले जिल्लामा सञ्चालित उपचार तथा पुनः