बदामको तेल कपालमा लगाउनुहुन्छ ? जान्नुहोस् फाइदा  « Khabarhub

बदामको तेल कपालमा लगाउनुहुन्छ ? जान्नुहोस् फाइदा 


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजकल बजारमा विभिन्न प्रकारका तेल बिक्री भइरहेका छन्, जसले पनि कपाललाई घुँडा वा खुट्टासम्म लामो बनाउने दाबी गर्दछ । 

तर, यी तेलहरू कृत्रिम रंग, सुगन्ध र रसायनहरूले भरिएका छन् । यस्तो अवस्थामा यी महँगो र प्रभावहीन तेलको सट्टा सादा र प्राकृतिक तेल प्रयोग गर्न सकिन्छ । यो तेलले कपाल लामो र बाक्लो बनाउन मद्दत गर्छ र कपाल स्वस्थ राख्छ । 

यो तेल भनेको बदामको तेल हो । बदामको तेल टाउकोमा राम्ररी लगाउने हो भने कपालका लागि निकै फाइदाजनक साबित हुन्छ ।

कपालको विकासका लागि बदामको तेल

  • बदामको तेल छाला र कपालको लागि अद्भुत साबित हुन्छ। यो तेलमा भिटामिन ई, म्याग्नेसियम, कपर, फस्फोरस र एन्टी–अक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ, जसले छालालाई फ्रि–रेडिकलबाट हुने क्षतिबाट जोगाउन प्रभावकारी हुन्छ।
  • बदामको तेलमा एन्टी इन्फ्लेमेटरी गुण पनि हुन्छ । यस्तो अवस्थामा यो तेल टाउकोमा लगाउनाले कपाललाई धेरै फाइदा हुन्छ ।
  • बदामको तेल लगाएपछि कपाल बढ्न थाल्छ । यो तेल कपालको वृद्धिमा उपयोगी हुन्छ । 
  • बदामको तेलले टाउकोमा हाइड्रेसन कायम राख्छ। यो तेलले कपाल सुख्खा हुन दिँदैन ।
  • टाउकोमा चायाँ जमेको र चिलाउने समस्या भए पनि टाउकोमा बदामको तेल लगाउन सकिन्छ । यो तेलले टाउकोको समस्याबाट छुटकारा दिन्छ । 
  • बदामको तेलले समयभन्दा पहिले कपाल झर्नबाट रोक्छ । यो तेलले कपालको क्षति कम गर्छ। 
  • सुस्त कपालमा चमक ल्याउन टाउकोमा बदामको तेल पनि लगाउन सकिन्छ ।
  • आयुर्वेदिक गुणले भरिपूर्ण यो तेलले टाउकोको मसाज गर्नाले निद्रा पनि राम्रो हुन्छ । 

टाउकोमा बदामको तेल कसरी लगाउने 

  • बदामको तेललाई अलिकति तताएर टाउकोमा लगाउन सकिन्छ । यस तेलले आफ्नो टाउकोमा मालिस गर्नुहोस् र यसलाई एक देखि डेढ घण्टासम्म आफ्नो कपालमा राख्नु होस् र त्यसपछि यसलाई धुनुहोस् । यसले कपाल बढ्न मद्दत गर्छ । यी तेलहरूले कपाल लामो हुन्छ । एजेन्सीबाट

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १२ : ०२ बजे

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले