‘वार’ फिल्म रिभ्यु: ऋतिक र टाइगरको फिल्मबाट दर्शक बने निराश « Khabarhub

‘वार’ फिल्म रिभ्यु: ऋतिक र टाइगरको फिल्मबाट दर्शक बने निराश


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आज बुधबारबाट प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘वार’ हेरेर दर्शक निराश भएका छन् । भारतीय मिडियाका अनुसार दर्शकले राखेको अपेक्षा यो फिल्मले पूरा नगरेको प्रतिक्रिया दिएका छन् ।

एक्सन प्याक यो फिल्मबाट दर्शकले बढी नै आशा गरेका थिए । ती अडियन्सले ट्वीटरमा फिल्मबारे आफ्नो रिभ्यु दिएका छन् । धेरैले आफूलाई फिल्म मन नपरेको प्रतिक्रिया दिएका छन् ।

बलिउडका दुई ठूला एक्सन हिरो एकसाथ स्किृनमा देख्दा दर्शकमा बढ्ता अपेक्षा हुनु स्वभाविक थियो ।

एक दर्शकले लेखेका छन्, ‘यो फिल्म यस वर्षको सबैभन्दा ठूलो डिजास्टर हो ।’ त्यस्तै दोस्रो प्रयोगकर्ताले लेखेका छन्, ‘यो फिल्म पूर्ण रुपमा एक निराशाजनक फिल्म रह्यो, फिल्ममा देखाएको स्टन्ट र एक्सनले त ध्यान खिच्छ तर कहानीले निराश गरिदिन्छ ।’

एक प्रयोगकर्ताले भने फिल्म मन परेको प्रतिक्रिया दिएका छन्, ‘वार एक शानदार एक्सन फिल्म हो तर यो फिल्म अन्तिमको २० मिनेट पूरै झुर लाग्छ, ऋतिक तपाईंले राम्रो फिल्म डिजर्भ गर्नुहुन्छ ।’

कतिले फ्यानले भने यो फिल्म एकदमै राम्रो भएको भन्दै प्रतिक्रिया दिएका छन् । धेरै कमेन्टस् भने नराम्रो भन्दै आइरहेका छन् । रिलिजअघि यो फिल्म निकै चर्चामा थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ३ : २५ बजे

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई