भूमिको मुद्दा सम्बोधन गर्न एकीकृत कानून आवश्यक « Khabarhub

भूमिको मुद्दा सम्बोधन गर्न एकीकृत कानून आवश्यक


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सम्बन्धित विषयका जानकारहरुले भूमिसुधारको मुद्दालाई सम्बोधन गर्न र जीविकोपार्जनका लागि भूमिमाथि आश्रित घरपरिवार तथा समुदायको भूमिमाथिको पहुँच अभिवृद्धि गर्न एकीकृत कानूनको आवश्यकतामा जोड दिएका छन् ।

एम्नेस्टी इन्टरनेसनल नेपाल, सामुदायिक आत्मनिर्भर केन्द्र र न्याय तथा अधिकार संस्थाले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुले खाद्य, आवास, भूमिलगायत विषयलाई एकीकृत रुपमा सम्बोधन गर्नुपर्ने सुझाव दिएका हुन् ।

कार्यक्रममा एम्नेस्टीका निर्देशक निराजन थपलियाले नेपालका अधिकांश राजनीतिक र सामाजिक आन्दोलनको जडको कारण सम्बोधन गर्न भूमिमा समान र न्यायिक पहुँच अभिवृद्धिलगायत आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको परिपूर्ति गराउनु अपरिहार्य भएको बताए ।

सामुदायिक आत्मनिर्भर केन्द्रका कार्यकारी निर्देशक जगत बस्नेतले भूमिसम्बन्धी ऐनको पछिल्लो संशोधनले हदबन्दी पुनरावलोकनलाई राम्रोसँग सम्बोधन गर्न नसकेको भन्दै एउटै मोडलबाट भूमिको समस्या समाधान नहुने धारणा व्यक्त गरे ।

न्याय तथा अधिकार संस्थाका पङ्कजकुमार कर्णले भूमिको उपयोगलाई नहेरी गरिने भूमि वितरणले भूमिहीनको समस्या प्रभावकारी रुपमा समाधान नहुने उल्लेख गरे।

एम्नेस्टीका सञ्चालक सदस्य सचिता कुइँकेलले भूमिसम्बन्धी समस्या समाधान गर्न महिला तथा जोखिममा रहेका समुदायलाई सम्बोधन गर्ने मुख्य चुनौती रहेकोमा जोड दिए ।

नेपालको संविधानले भूमिमाथिको पहुँचलाई मौलिक हकका रुपमा मान्यता दिएको छ । समग्रमा कृषिमा निर्भर नेपालका २६ दशमलव एक प्रतिशत परिवारसँग खेतीका लागि जमीन नभएको एम्नेस्टीको तथ्याङ्क छ ।

कार्यक्रममा सहभागीले सीमान्तकृत र विभेद्मा पारिएका समुदायलाई उनीहरुको मर्यादित जीवन जिउने अधिकार, खाद्य अधिकार, पर्याप्त आवासको अधिकारलगायत अन्य आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न सक्षम बनाउनका लागि भूमि र उत्पादनमूलक स्रोतमा उनीहरुको पहुँच अपरिहार्य रहेकामा जोड दिए ।

सरकारले भूमिहिनताको समस्या समाधान गर्न भूमि ऐनमा हालै संशोधन गरेको छ । सरोकारवालाले सो संशोधनलाई सकारात्मक कदमका रुपमा लिँदै पूर्ण भने नभएको जनाएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १ : ५७ बजे

हावाहुरी, वर्षा र हिमपातको चेतावनी, सतर्कता रहन आग्रह 

काठमाडौं– देशभर प्रिमनसुन सक्रिय भएसँगै मौसममा तीव्र उतारचढाव देखिन थालेको

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

चितवन– ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका

संयोजक बममाथिको दुर्व्यवहारप्रति ‘नेपाल जेन–जी फ्रन्ट’को आपत्ति

काठमाडौं– ‘नेपाल जेन–जी फ्रन्ट’ले आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष