महेश बर्तौलाले भने- रास्वपा र राप्रपाको बहिष्कारले संसद्‍कै गरिमामाथि प्रश्न उठायो « Khabarhub

महेश बर्तौलाले भने- रास्वपा र राप्रपाको बहिष्कारले संसद्‍कै गरिमामाथि प्रश्न उठायो


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेकपा (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले संसद् बहिष्कार गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई संसदीय विधिभित्र राखेर अघि बढ्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्ने क्रममा उनले संसद् बहिष्कार गर्दै आएका रास्वपा र राप्रपाको कमदप्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन् ।

‘यो व्यवहार आपत्तिजनक छ, खेदजनक छ,’ मुख्य सचेतक बर्तौलाले भने, ‘उहाँहरूलाई संसदीय विधि भित्र राखेर आफूलाई अगाडि बढाइनुपर्छ ।’

उनले रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणको छानबनिका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको १७ दिनमै सरकारले संसदीय विशेष छानबिन समिति गठन गरेको स्मरण गराए ।

‘जेठ १३ गते प्रवेश पायो । विपक्षी बेन्चबाट विषय उठेपछि उच्चस्तरीय छानबिन समिति माग यो संसद्मा भयो,’ उनले भने, ‘सरकारले १७ दिन बित्दा नबित्दै समिति बनाउने घोषणामात्र गरेन, बनायो ।’

उनले रास्वपा र राप्रपाले गर्दै आएको संसद् बैठक बष्किारले सदनको गरिमा र मर्यादामा प्रश्न पनि सिर्जना गरेको पनि जिकिर गरे ।

‘यो बहिष्कारको समाचार आजमात्रै होइन, निकै लामो समयदेखि हामीले यो सुन्दै, देख्दै, ब्यहोर्दै आइरहेका छौँ,’ बर्तौलाले भने, ‘यसले सिंगो सदनको गरिमा र यसको मर्यादाका सन्दर्भमा एउटा प्रश्न पनि सिर्जना गरेको छ ।’

भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनका लागि सरकारले वास्ता नगरेको भन्दै दुवै दलले बैठक बहिष्कार गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ३ : १३ बजे

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा

गैरदलीय स्थानीय निर्वाचन र विदेशमा मतदान अधिकार माग्दै कुलमानले बुझाए आयोगमा ज्ञापनपत्र

काठमाडौं– उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका