भारतमा बाढी अपडेट : मृत्यु हुनेको सङ्ख्या ७० पुग्ने अधिकारीहरूको अनुमान « Khabarhub

भारतमा बाढी अपडेट : मृत्यु हुनेको सङ्ख्या ७० पुग्ने अधिकारीहरूको अनुमान


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– गत मंगलबार भारतमा आएको बाढीको कारण चार जनाको मृत्यु भएको तथा कम्तीमा ६८ जना एक हप्तादेखि बेपत्ता भएको भारतीय अधिकारीहरूले बताएका छन् । 

निरन्तरको खोजी कार्य पश्चात पनि केही निकास नआएपछि बेपत्ताहरू सबैको मृत्यु भएको आशंका गर्दै अगस्ट ५ को प्रकोपको कारण मृत्यु हनेको सङ्ख्या ७० जनाभन्दा बढी पुग्ने अधिकारीहरूले बताएका छन् । 

घटनाबारे सार्वजनिक गरिएको भिडियोहरूमा माटो मिसिएको पानीले ठूलाठूला अपार्टमेन्टहरू बगाउँदै लगेको डरलाग्दो दृश्य देखाइएको छ । 

विपद् व्यवस्थापनका अधिकारीहरूले मंगलबार पनि उत्तराखण्ड स्थित धरालीको भग्नावशेषमा शवहरू खोजिरहेको जनाइएको छ ।  राष्ट्रिय विपद् व्यवस्थापनका अधिकारी गम्भीर सिंह चौहानले तालिम प्राप्त कुकुरहरूले शव भएको संकेत गर्ने धेरै ठाउँहरू पहिचान गरेको तर उत्खनन गर्दा पानी बाहिर निस्किएकाले उद्धरामा कठिन भएको बताएका छन्। उनले खोजीमा ग्राउन्ड पेनिट्रेटिङ राडार पनि प्रयोग गरिरहेको बताए। 

स्थानीय सरकारले अहिले ४४ जना भारतीय र २२ जना नेपालीसहित ६८ जनालाई बेपत्ताको सूचीमा राखेको छ । सूचीमा नौ जना सैनिक छन् ।

विज्ञहरूले खराब योजनाबद्ध विकाससँगै जलवायु परिवर्तनले प्राकृतिक जोखिम बढाइरहेको बताएका छन् । हालसम्म बाढीको कुनै आधिकारिक कारण पत्ता लागेको  छैन तर वैज्ञानिकहरूले भारी वर्षाले द्रुत गतिमा पग्लिरहेको हिमनदीबाट बाढी आएको हुनसक्ने बताएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ५ : ३६ बजे

पाँच वर्षदेखि प्रयोगबिहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?

तेह्रथुम- तेह्रथुम सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा– उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका गोठाला भेँडाबाख्रा

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए नाम

काठमाडौं– काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५०

सुकुम्वासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर

काठमाडौं– बागमती र त्यसका सहायक नदी किनारबाट हटाइएका सुकुम्वासीका लागि

सरकारलाई माधव नेपालको सुझाव- जनतालाई पीडा र यातना दिने गरी जनविरोधी काम नगरौँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले