प्रधानमन्त्रीले भने- अर्को सरकार बनाउने खेलमा एमाले छैन, ०८४ सम्म यो गठबन्धन तलमाथि हुँदैन « Khabarhub

प्रधानमन्त्रीले भने- अर्को सरकार बनाउने खेलमा एमाले छैन, ०८४ सम्म यो गठबन्धन तलमाथि हुँदैन


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन तलमाथि नहुने स्पष्ट पारेका छन् ।

मंगलबार काठमाडौंमा भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्ता गठबन्धनका ठूला दल एमाले–कांग्रेसबीच कुनै समस्या नरहेको भन्दै ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन तलमाथि नहुने स्पष्ट पारेका हुन् ।

उनले अबको केही समयपछि प्रधानमन्त्री मात्रै परिवर्तन हुने तर गठबन्धनमा कुनै असर नपर्ने धारणा राखे । प्रधानमन्त्री ओलीले ८४ को निर्वाचनपछि पनि एमाले की कांग्रेसले सरकार बनाउने उल्लेख गर्दै दुई दलमध्ये कसैको बहुमत नपुगे फेरी कांग्रेस–एमाले मिलेर नै सरकार बनाउने जिकिर गरे ।

उनले टालाटुली बाटुली भनेजस्तो गरेर के के भेला पारेर अर्को सरकार बनाउने पक्षमा एमाले नरहेको बताए ।  

ओलीले आफूहरूको ध्यान मुलुकको विकासमा रहेको भन्दै विकास नचाहनेहरूले अनावश्यक रूपमा सरकार परिवर्तनको चर्चा चलाउने गरेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार स्थिर सरकार भएकाले ढुक्कका साथ काम गरेर सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगलाई निर्देशन दिए । 

प्रधानमन्त्री ओलीले पूर्णता दिन बाँकी सबै जिल्लास्थित आयोगहरूलाई अबको दुई साताभित्र पूर्णता दिन पनि निर्देशन दिए । 

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ६ : ४९ बजे

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली– धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित